adv

नेपालमा साँझ थप ९ जनामा कोरोना पुष्टि,संक्रमित संख्या २६७ पुग्यो

संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौँ ,२ जेष्ठ।  नेपालमा शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिएको छ ।

पर्साका ९ वर्षीय , विरगञ्जका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला , उदयपुर त्रियुगा न पा निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ , तुलसीपुर ७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ । त्यसैगरी काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि संक्रमण देखिएको ।

योसंगै नेपालमा संक्रमितको संख्या २६७ पुगेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार निजको स्वास्थ्य स्थिति सामान्य रहेको र स्वस्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु