adv

छायाँको लस्करमा छायाँ परेका आदिवासी फाँट देखि यायोक्खा सम्म

फोटोः किरात राई यायोक्खा प्रथम केन्द्रिय सभा २०५२ , दमक झापामा सम्पन्न हुँदाको तत्कालीन सहभागिहरू तथा पदाधिकारीहरूको सामुहिक फोटो

छायाको लस्करमा छाया परेका   केही वाक्यहरूको अनुकुलन !
६ पार्टीको आदिवासी जनजाति हेर्ने फाट देखि किरात राई यायोक्खा सम्म

सायद त्यस बेला क. मनकुमार झापा जिल्ला कमिटीका सचिव थिए होलान् । एउटा जिल्ला कमिटीको बैठक चली रहेको थियो । उक्त बैठकमा जनवर्गीय सङ्घ संस्था परिचालन गर्नको लागि कार्य विभाजन गर्ने बारे थियो । त्यस बेला विशेष गरी, पार्टीले महिला फाँट, किसान फाँट, विद्यार्थी फाँट, कर्मचारी फाँट, युवा फाँट जनसाँस्कृतिक फाँट आदि परिचालन गर्न जिल्ला कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको हुन्थ्यो । यस्तो जिम्मेवारी पर्सा जिल्ला वीरगन्जमा हुँदा थाहा थियो । यहाँ पनि यी सबै फाँटहरू विभिन्न सदस्यहरूलाई जिम्मा दिँदै जाँदा मलाई नयाँ फाँटको जिम्मेवारी दिने प्रस्ताव आउँछ । उक्त फाँट थियो ‘आदिवाशी जनजाति परिचालन फाँट” । त्यो भन्दा अघि पार्टी भित्र जातीय भेदभाव फैलिन्छ भनेर यस्ता कुरा गर्न पाइन्न थियो । पञ्चायती व्यवस्थाले त जातीवादी कुरा गर्यो भने साम्प्रदायिक भावना फैलाउने भनेर सजाय सम्म दिन्थ्यो । तर अहिले नेकपा एमालेले आदिवाशी जनजाति परिचालन गर्ने छुट्टै निकाय पनि बनाएको कुरा मलाई थाहा थिएन । यसर्थ म उक्त प्रस्ताव बारे प्रश्नहरू सोध्छु । हाम्रो सामाजिक संरचना अनुसार पार्टीले नीति नबनाउँदा जनताबाट अलगिने भएकोले यस्तो फाँट बनाइएको हो भनेर सचिव कमरेडले मलाई स्पष्टीकरण दिन्छन् । वीरगन्जमा सात वर्ष बस्दा पनि यस्तो फाँट हुन्छ भन्ने कुरा सुनेको थिइँन । पूर्वतिरको परिस्थिति अर्कै रहेछ भनेर उक्त जनजाति आदिवाशी परिचालन फाँटमा बस्न स्वीकार गरेँ । यस फाँटमा अन्य सदस्यहरूमा क। तारा समयाङ, हरि राना र नारायण राजवंशी हुन्छन् । यसरी पार्टीले दिएको जिम्मेवारी शीरोपर गर्छौं । जिल्लाका आदिवासी र जनजाती बसोबास गरेका क्षेत्रहरूमा पार्टीले लिएको नयाँ नीत तथा कार्यक्रम बारे बुझाउन थाल्यौं ।

त्यस बेला २०४७ को संविधानले राजनैतिक तथा सामाजिक सङ्घ संस्था गठन गर्ने तथा आफ्नो मातृ भाषामा प्रारम्भिक शिक्षा दिन सकिने प्रजातान्त्रिक अधिकार दिएको थियो । सोही हक अधिकारलाई प्रयोग गरेर पूर्वाञ्चलमा राईहरूको ‘किरात राई यायोक्खा, लिम्बुहरूको लागि ‘किरात याक्थुङ चुमलुङ’, गुरुङहरूको ‘तमुधि’, तामाङहरूको ‘तामसालिङ’ साथै ‘राजवंशीहरूको ‘आदिवाशी राजवंशी भाषा तथा साँस्कृतिक सङ्घ’ गठन भइ सकेको रहेछ । पार्टीको तर्फबाट विभिन्न आदिवाशी र जनजाति समुदायहरूसँग मिलेर काम गर्दै जाँदा थुप्रैँ सामाजिक र साँस्कृतिक संस्थाहरूसँग अन्तर्क्रिया हुन थाल्यो । मेरो लागि यो नौलो विषय वस्तु जस्तो हुन्छ । किनभने म करिब आठ वर्षको हुँदा देखि जन्मथलो छोडेर मिश्रित जातीय समाजमा हुर्केको हुन्छु । यसर्थ आफ्नै संस्कृति बारे धेरै कुरा थाहा थिएन । यसर्थ बिस्तारो चाख बढ्दै जान्छ र बिभिन्न तप्का र वर्गका मानिसहरूसँग भेटघाट हुन थाल्छ । यस्तै अवस्थामा दमकका केही राईहरू मिलेर ‘किरात राई भाषा तथा संस्कृति संरक्षण तथा एकिकरण गर्ने कार्यक्रम राखेका रहेछन् । उक्त बृहत अधिगोष्ठीमा सहभागी हुने निमन्त्रणा पत्र मैले पनि पाउँछु । मेची क्याम्पसबाट म र पृथ्वी विक्रम राई त्यसमा सहभागी हुन जान्छौं । उक्त तीन दिने ‘किरात राई भाषिक अधि(गोष्ठी’ आयोजक समितिको संयोजक सन्तकुमार वान्तवा र महासचिवमा डिल्ली विक्रम साङपाङ रहेछन् । अन्तर्राष्ट्रिय गोष्ठीको समुद्घाटन प्रसिद्ध साहित्यकार शिवकुमार राई (दार्जीलिङ) र प्रसिद्ध भाषाविद प्रा. बालकृष्ण पोखरेलले संयुक्त रूपमा गर्छन् । उक्त गोष्ठीमा किरात राईभाषा सम्बन्धी कार्यपत्र प्रसिद्ध भाषावि प्रा।द्डा। नोवलकिशौर राई र संस्कृति बारे कार्यपत्र समाजशास्त्री डा. नविन राईले प्रस्तुत गर्छन् । उक्त गोष्ठीले नेपालमा जम्मा २६ वटा राई भाषाहरू अस्तित्वमा रहेको कुरा प्रमाणित गर्छ । यसैगरी संस्कृति भने सबै राईको एउटैखालको चुला पुज्ने परम्परा रहेको निचोड निस्कन्छ । समग्रमा बुढापाकोले भन्ने गरेको ‘दश राई, दश भाषा, तर एउटै भान्सा’ भन्ने कुरा नै सत्य साबित हुन्छ । यही थियो मेरो जनजाति सम्बन्धी छलफलमा सहभागी भएको पहिलो कार्यक्रम ।

उक्त कार्यक्रम सकिएपछि किरात राई भाषा तथा साहित्यको अध्ययन अनुसन्धान गर्ने एउटा तदर्थ समिति बन्छ । उक्त समितिको संयोजकमा मलाई राख्छन् । अन्य पदाधिकारीमा जीतमान राई, कृष्ण राई ‘कोयू’, पुस्ता राई र बुद्धिबहादुर राइ क्रमशः उपसंयोजक, सचिव, सह(ससचिव र कोषाध्यक्ष हुन्छन् । हरेक राई भाषाहरूबाट गुरुप्रसाद राई, कैलाश राई, देउधन राई, शुराज राई, बुद्धिकुमार, मोहपाल राई,प्रेमकुमारी राई, चण्डि राई आदि भाषिक सदस्यहरू थपिए ।

केही महिनापछि किरात राई यायोक्खाको दोस्रो राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न हुन्छ । उक्त सम्मेलनमा म पनि भाषा तथा साहित्य परिषदको तर्फबाट जाने प्रतिनिधि टोलीमा सामेल हुन्छु । राष्ट्रिय स्तरको सम्मेलनमा भाग लिएको कार्यक्रम त्यही थियो । उक्त सम्मेलनको उद्घाटन तत्कालीन उप(प्रधान मन्त्री बलबहादुर राईले गर्छन् । देश भरीका राई प्रतिनिधिहरू सहभागी भएको उक्त सम्मेलनले साबिककै अध्यक्ष गङ्गा राज राइको नेतृत्वमा केन्द्रीय समिति गठन हुन्छ । उक्त केन्द्रीय समितिमा तीन जना उपाध्यक्षहरू राख्ने प्रावधान हुन्छ । एक जना उपाध्यक्ष पदमा म हुन्छु भने अन्यमा खोटाङका रामबहादुर राई र सङ्खुवासभाका ।।। हुन्छन् । अन्य पदाधिकारीहरूमा सागरचन्द्र राई, अटलमान राई, राजबहादुर राईतथा ले। डिबि थुलुङ राई आदि महासचिव, सचिवहरू र कोषाध्यक्ष हुन्छन् । यसरी किरात राई यायोक्खामा पनि प्रवेश गर्छु ।

प्रा.डा. केआर खम्बूको फेसबुकबाट साभार

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु