दमक, २८ भदाै । ईलामकाे माङसेबुङका एक जना युवा नियन्त्रीत लागुऔषध गाँजा सहित पक्राउ परेकाे छ । माङसेबुङ गाउँपालिका वडा नं. ३ इलाम घर भइ दमक नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय अर्पण राईलाई ४ केजी ५८ ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेकाे हाे ।
आफ्नै काेठाबाट लागुऔषध गाँजाकाे काराेवार गर्ने गरेकाे भन्ने बिशेष सूचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले नियामानुसार राईकाे काेठा खानतलासी गर्दा साे परिणामकाे लागुऔषध गाँजा बरामद गरेकाे थियाे ।
कोठाबाट लागुऔषध बरामद भएसंगै राईलाई समेत नियन्त्रणमा लिनुका साथै राई उपर कानूनी कारवाही तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

