बिर्तामोड । आदिवासी जनजाति नेत्रहीन संघ झापाको सञ्चारकर्मी साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“अधिकार प्राप्तिका लागि हाम्रो संगठित आवाज” भन्ने मूल नारासहित आइतबार संघले बिर्तामोडमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उनले झापाली आदिवासी जनजाति नेत्रहीन सहारा छात्रवृत्ति अक्षयकोषमा सहयोग गर्ने समाजसेवी शेरबहादुर थापा, केशवराज न्यौपाने, गीता देवी चेम्जोङ ,कार्यक्रमका लागि सभाहल सौजन्य गर्ने उद्योग वाणिज्य संघ बिर्तामोड र निःशुल्क साउण्ड सिस्टम उपलब्ध गर्ने दमक–८ निवासी रोशन थापालाई धन्यबाद दिए । साथै हेलेन केलरको १४६औँ जन्मजयन्तीको अवसरमा आयोजित राष्ट्रव्यापी खुला कविता प्रतियोगिताका विजेताहरूलाई बधाई दिँदै पुरस्कार तथा सहयोग प्रदान गर्ने विभिन्न व्यक्ति र संस्थाप्रति आभार प्रकट गरे ।
कार्यक्रममा संघका सल्लाहकार प्राज्ञ सुमित्रा बाङ्देल चेलीले २०६७ सालमा स्थापना भएको संघले आदिवासी जनजाति समुदायका जेहेन्दार नेत्रहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको, आफ्नै भवन निर्माणको पहल अघि बढाइरहेको तथा संस्थाका गतिविधिबारे जानकारी दिइन् ।
अर्का सल्लाहकार कृष्णकुमार थेबेले सञ्चारकर्मीसँगको सहकार्यले संघको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

यसैबीच कार्यक्रममा संघका नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष भोजकुमार तामाङ, उपाध्यक्ष नरेन्द्रकुमार लिम्बु, सचिवहिमाल राई, सहसचिव कबिराज कुमाल,कोषाध्यक्ष कौशल्या देवी गुरुङ तथा सदस्यहरू बैजनाथ गणेश,रघुनाथताजपुरिया,मञ्जु तामाङ र भीमकुमारी श्रेष्ठलाई प्रमुख अतिथि लगायक अतिथिहरूले प्रमाणपत्र वितरण गरेका थिए ।
संघका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गीतकार शिवशंकर थापा रहेका थिए भने नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी लगायत विभिन्न पत्रकारहरूको उपस्थिति रहेको थियो ।
संघकी कोषाध्यक्ष कौशल्या देवी गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हिमाल राईले गरेका थिए ।

