
युके। नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत (नेफिन युके) को अध्यक्षमा गंगा दुरा चयन भएकी छन् ।
शनिवार युकेको वाटफोरमा सम्पन्न भएको महासंघको पाँचौं महाधिवेशनले गंगा दुराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा वसुधरा चाम्लिङ,उपाध्यक्षमा सरला राना मगर चयन भएका छन भने महासचिवमा मनीकला राई गुरुङ र सचिवमा सुस्मा राई चयन भएका छन ।त्यस्तै कोषाध्यक्षमा रोमा दुरा र सह-कोषाध्यक्षमा जित कुमारी याख्खा चयन भएका छन् । सदस्यहरूमा कमला गुरुङ,रेशु फियाक लिम्बु र कमला लिम्बु चयन भएका छन् । बांकी सदस्यहरू विभिन्न जातिय संस्थाहरूबाट पछि मनोनयन गरिनेछ ।
नवनिर्वाचित अध्यक्ष गंगा दुराले महासंघलाई थप सशक्त र समावेशी बनाउँदै आदिवासी जनजाति महिलाको हक, अधिकार, पहिचान र सशक्तीकरणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति प्रमुख डा. सुमाया राईले शनिबार नै पद तथा गोपनियताको शपथ ग्रहण गराइन्।

महासंघकी अध्यक्ष नेत्रकला लिम्बूको अध्यक्षकतामा सम्पन्न कार्यक्रममा एनआरएनका उपाध्यक्ष विश्वासदिप तिगेला,तमु धि युकेका अध्यक्ष जुमकाजी गुरूङ,नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेने,नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय सदस्य भुमिका फियाक लिम्बू,फोनिज युकेका पुर्व अध्यक्ष गोमा राना, नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वसचिव भक्त बहादुर दुरा,नेफिन यूकेका पूर्वअध्यक्ष कर्मा पहाडी शेर्षा, चलचित्रकर्मी अरूण कुमार प्रधान,जीआरएनसीकीउपाध्यक्ष लीला सेलिङ माबोलगायतको उपस्थिति थियो ।
नेफिन युकेका अध्यक्ष योगेश कोयु राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव मनिकला राई गुरूङले गरेकी थिइन् ।

