adv

किरात याक्थुङ चुम्लुङ दमकद्वारा दैवी प्रकोप उद्धार कोषमा रु.५१ हजार जम्मा

दमक । किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.५१ हजार १ सय ११ रूपैंया सहयोग रकम जम्मा गरेको छ।

गत भाद्र १० गते रसुवा, नुवाकोटलगायतका बाढीपहिरो प्रभावितका लागि समितिले नगरका विभिन्न पदाधिकारी तथा सदस्यहरूबाट संकलित रकम एकमुष्ट रूपमा राष्ट्रिय वाणिज्य बैंक, दमक शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडित तथा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरी कोषमा जम्मा गरेको समितिका सह- सचिव आकाश लावतीले जानकारी दिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु