adv

सिलाम खेतीमा व्यवसायीक बन्दै माङसेबुङ

सजन राई 

. पृष्ठभूमि

 


पोहोर साल माङसेबुङ ६ मा लटरम्म फलेको सिलाम

नेपालको सुदुरपूर्वी जिल्ला इलामको दक्षिणपश्चिममा , माङसेबुङ गाउँपालिका साविक बाँझो, इभाङ गुजुरमुखी गाविसलाईमिलाएर बनेको माङसेबुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, भाषिक, प्राकृतिक आदि विविधताले भरिपूर्ण रहेको गाउँपालिका हो । लिम्बू राई जातिको सघन बसोबास रहेको यस पालिकाको प्रमुख पेशा कृषि रहेको भौगोलिक हिसाबले समुन्द्र सतहबाट ५१.मिटर देखि २०२० मिटरको उचाइ सम्म रहेकोले यो पालिकामा गर्मी वा जाडो मौसममा हुने सबै प्रकारका बाली लगाउने गरिन्छ यहाँ कृषि नै पहिलो आयस्रोतको रूपमा रहेको माङसेबुङमा अन्नमा धान, मकै, कोदो, आलुसाथै रैथाने तथा नगदे बालीहरु अम्लिसो, अलैंची, अदुवा, अकबरे, टमाटर, बेसारसहित सिलाम प्रमुख बालीको रूपमा लगाउने गरिन्छ

. परिचय:

                    प्याकेजिङ गरिएको सिलाम 

सिलाम एक बास्नादार तेलहन रैथाने बाली हो यस्को बोट झुसिलो प्रकारको हुन्छ चारपाटे डाठ भएको सिलामको झण्डै पानको पात आकारको हरियो पात पनि झुसिलो नै हुन्छ लगभग फुट सम्मको ऊचाइ हुने सिलाम बोटको टुप्पोमा साना साना दानाको रुपमा फल्ने गर्दछ प्राय गरेर नेपालमा सेतो कालो दुई प्रकारको सिलाम खेती गर्ने प्रचलन रहेको कालो भन्दा सेतो सिलाम मिठो तथा स्वादिलो हुने हुँदा सेतो सिलामको खेती धेरै गर्ने गर्दछ माङसेबुङमा १२०० मिटरदेखि २००० मिटरसम्म सिलामको खेती गरेको पाइन्छ

. बाली लगाउने तरिका:

                मकैबारीमा लगाएको सिलाम(अगुवा)

माङसेबुङ गाउँपालिका भित्र प्रचलनमा रहेको रैथाने बाली मध्ये सिलाम खेती सबैभन्दा सजिलो सहज खेतीको रुपमा रहेको । माङसेबुङमा यसलाई परम्परागत विधिबाट खेती गर्दै आइरहेको सिलाम खेतीलाई प्राय मिश्रित खेतीको रुपमा लागाउने गर्दछ भने एकल बालीको रुपमा समेत लगाउने गर्दछ सिलामको बियाड वैशाख महिनामा राखिन्छ असार देखि साउन पहिलो हप्तासम्ममा रोप्ने गरिन्छ यसलाई मकै खेती गरेको ठाउँमा दोहोरे लगाएपछि रोप्ने चलन हातले अथवा कुटेले थोरै खनेर इन्च जतिको विरुवालाई रोप्ने गरिन्छ सिलामलाई यसरी मकै तथा अन्य बालीसँग रोप्दा छुट्टै मलको प्रयोग गर्नु नपर्ने गोडमेल समेत त्यति आवश्यक नपर्ने हुँदा यो चलन चल्तीमा समय कम लाग्ने, मिहेनत कम लाग्ने, खर्चको हिसाबले यो खेती सस्तो पर्ने हुँदा किसानहरु सदियौ देखि यसको खेती गर्दै आइरहेका छन्

. उत्पादनको अवस्था:

 पाकेको सिलाम काटेर त्रिपालमा राख्दै माङसेबुङका  किसान

माङसेबुङ गाउँपालिकामा हुने सिलाम उत्पादनलाई रेकर्डको रुपमा कहि राखिएको छैन किसान प्रतिक्रियालाई आधार मान्ने हो भने १ जनाले क्विटलसम्म उत्पादन गरेको पाइन्छ विशेषगरी माङसेबुङ बाहेक अन्य चार वटा वडामा सिलाम खेती प्रसिद्ध रहेको छ  वडागत हिसाबले हेर्ने हो भने नम्बर अग्र स्थानमा आउने गर्दछ यसका साथै क्रमशः , रहेको ठ्याक्कै यति क्षेत्रफलमा सिलाम खेती हुन्छ भन्ने कुनै तथ्यांक नभए पनि माङसेबुङमा रहेको २८% खेतीयोग्य जमिनको ५ देखि ६% मा सिलाम खेति गरेको पाइन्छ । गर्मि भन्दा चिसो मौसममा फस्टाउने हुँदा सिलाम खेती हुने वडाहरुको माथिल्लो भेगमा प्रशस्त पाउने गरिन्छ सिलाम उत्पादन हुने ठाउँमा भने यसलाई प्रत्येक घरमा खेती गरेको पाइन्छ

. कृषक प्रतिक्रिया:

                       कृषकसँग अन्तरक्रिया

माङसेबुङ हस्टे निवासी ३३ वर्षीय पवित्र राई संजोकले सिलाम रोप्दैगर्दा भेटिइन् हातमा करिब इन्च लम्बाइ भएको विरुवा बोकेकी पवित्रले सिलाम रोप्ने उपायबारे भनिन्, यतिको विरुवा रोप्दा मर्ने, भाचिने हुँदैन यो भन्दा सानो विरुवा हुँदा पानीले कुटेर नसप्रिन सक्छ यो साल रोपनी जतिमा मात्र सिलाम लगाएकी छु आधा रोपि सकेको आधा रोप्न बाँकी मकैबारीमा रोपेर बाँकी रहेको बीउ खुला जग्गामा समेत रोप्छौँ खुला बारीमा चाहिँ प्राय भुङ्गे डढाएर खरानीको मलमा रोप्ने गर्छौ

आव २०८१/८२ मा माङसेबुङ गाउँपालिकाबाट सिलाम खेतीका लागि साझेदारी कार्यक्रम अन्तर्गत लाख रुपैयाँ अनुदान पाएर जनाले मिलेर रोपनीमा सिलाम लगाएको पवित्राले सुनाइन् । फल्न टन्नै फल्यो तर हामीले यति नै भनेर तथ्यांक चाहिँ राखेनौं । राख्नु पर्छ भनेर पनि थाहा भएन’, उनले भनिन् पुनः अनुदान पाए खेती बढाउने चाहना रहेको बताउने पवित्र सिलामको भण्डारण सजिलो रहेको बताउँछिन् राम्रो सिलाम एक वर्षसम्म नबिग्रने उनको अनुभव बट्टामा बिर्को लगाएर राखे बीउलाई समस्या हुँदैन सिलाममा विषादी प्रयोग गर्नु नपर्ने, रोप्न सजिलो अनि माना बीउले २०३० पाथी फल्ने हुँदा यो खेती सजिलो रहेको उनको अनुभव

माङसेबुङ की ५६ वर्षीया रिता राई अघिल्लो वर्ष पालिकाको साझेदारी अनुदानबाट ४५ पाथी सिलाम उत्पादन गरेको बताउँछिन् । सिलाम प्याकेजिङ गरेर मानाको १०० देखि १२० रुपैयाँमा बिक्री पनि गर्‍यौँ,’ राईले भनिन् यस वर्ष पनि ४०४५ पाथी फलाएर बिक्रीगर्ने तयारी रहेको उनको भनाइ   । उत्पादन गर्न सके बजार मूल्य राम्रो माग पुरा गर्न गार्हो भइरहेको ,’ रिताले अनुभव सुनाइन्

जति सजिलो खेती भए पनि केही समस्याहरु रहेको भन्दै रिता भन्छिन्‌अहिले सम्म रोग देखिएको छैन हामी गाईवस्तुको मल नै प्रयोग गर्छौ तर एक साल अगाडि विरुवामा डढुवा जस्तो सेते रोग लागेर थोरै फल्यो अनि बाँझोगाउँ (माङसेबुङ) बाट बीउ ल्याएपछि अहिले त्यस्तो समस्या आएको छैन चराले चै पाक्न थालेपछि खान थाल्छ चरा खेदाउन बाँस गाडेर प्लास्टिक, कपडा, टिन झुन्डाउने गर्छौं

विषादी प्रयोग नगरेको बताउने रिता आफैले बीउ गाउँभरी बाडेको बताउँछिन् मकैबारीमा सिलाम रोप्दा मल ज्यादा भए पनि बोट नलड्ने उनको बुझाइ

                          सिलामको विरुवा 

जितबहादुर थापा ६८ वर्ष पुगे आफ्‌ना बाबुबाजे देखिकै परम्परागत सिलाम खेती गर्दै आएका उनीहरुको यो बालीसँगको सम्बन्ध कति पुरानो भन्ने उनैलाई थाहा छैन माङसेबुङ चित्रेका थापा भन्छन्, उहिले जान्दादेखिको खेति हो सिलाम बीउ कहिल्यै नासिँदैन बाजेले चलाउनु भएको बीउ यो नै हो मकैबारीमा नै रोप्ने गर्छौं त्यसो गर्दा छुट्टै मल लगाउनु पर्दैन जनावरले खाँदैन चराले चै खादोँहो तर याद नै हुँदैन फलेपछि अलि झन्झटिलो हुन्छ धेरै पाकेपछि जोगाउन गार्हो अलिकति हल्लायो भने झरिहाल्छ

थापाले उत्पादनबारे भने, अन्तिम वर्ष क्विटल फल्यो हामीले घरमै ६५ रुपैयाँ मानाले व्यापारीलाई बेच्यौँ रोग पनि लागेको थाहा छैन गाईवस्तु पालेपछि मल प्रशस्त फलाउन बेच्न समस्या छैन

माङसेबुङ का प्रणेश(विष्णुराम) राई ४९ वर्षको हुँदासम्म सिलाम खेतिमै छन् प्रत्येक वर्ष सिलाम खेती गर्ने प्रणेश लगायत गाउँका कोही पनि व्यवसायिक भने बनेका छैनन् अघिल्लो वर्ष अनुदान कार्यक्रमबाट उत्पादन गरेको सिलाम भने थोरै मात्रामा नजिकै रहेको पञ्चमी बजारमा बिक्री गरेको अनुभव उनको । सधैँ रोप्छौँ, टन्न फल्छ तर बेचेको थिएन इष्टमित्र, साथीभाइलाई कोसेली बाँढ्ने अनिघरमा नै उपयोग गर्ने चलन पहिलापहिला धेरै उत्पादन गर्दा बजारको समस्या होला जस्तो लाग्थ्यो तर माग सुन्दा बजार मूल्यराम्रो रहेछ,’ उनी भन्छन्, लटरम्म फलेको समयमा रहरलाग्दो देखिन्छ फल्ने समयमा मकै थन्काइसकेको हुन्छ सिलामको बोट झ्यामिदा मुनि झारसमेत उम्रिन पाउँदैन । त्यो बेला बोट रहरलाग्दो देखिन्छ ।

धनकुमार लिम्बूले यो वर्ष सिलाम रोपेनन् माङसेबुङ मानपुरका धनकुमार अघिल्लो वर्ष रोपेको सिलाम चराले खाइदिएपछि निराश छन् रैथाने बालीको रूपमा सिलाम खेती गर्दै आएका लिम्बू भन्छन्, घर छेउमा रोप्दा मात्र हुने रहेछ हामिले जङ्गल छेउमा रोप्ने गरेका थियौँ सबै चराको लागिमात्र भयो पाखामा भस्मे डढाएर सिलाम छरिदिने बाकुलो उम्रेको बिरुवालाई उखेलेर फ्याँक्ने गर्छौ झार चाहिँ गोड्नुपर्छ कतिपय ठाउँमा बीउ राख्ने अनि उखेलेर अर्को ठाउँमा सार्ने चलन पनि

सबै प्रकारको सिलामको स्वाद लिएका धन कुमार कालो सिलाम खस्रो र ह्लका तितो हुने र सेतो स्वादिलो हुने अनुभव सुनाउछन 

. परिकार जानकारी:

कोरिया, जापान जस्तो देशहरुमा सिलामको पत्तालाई सलादको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ भने नेपालमा पातको प्रयोग कहिकतैमात्र गर्छन सिलामलाई सुपको रुपमा समेत प्रयोग गर्न सकिन्छ सिलामबाट तेल उत्पादन भएको भए पनि दुर्गम क्षेत्रमा यस्तो प्रयोगपाइन्दैन सम्भावनालाई हेर्ने हो भने सिलामबाट कुकिज बनाउन सकिन्छ माङसेबुङ गाउँपालिकामा उत्पादित सिलामलाई भनेविशेषगरी अचारको रुपमा प्रयोग गर्छन मम, चपको लागि अचार बनाउन, धुले अचार बनाउन, सलादी अचार, चटपटेहरुमा छोपकोरुपमा, साथै चप, रोटीमा लगाएर पकाउदा यस्तो स्वाद विशेष हुने गर्दछ मंसिर १५ मा चामलसँग सिलाम खाने हुँदा यस्तो महत्त्व धेरैरहेको खिर पकाउदा सिलाम लगाउने चलन अझै

. सिलामको महत्त्व:

सिलाममा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, फलाम, जिङ्क, तामा/कपर, लिपिड, कार्बोहाइड्रेट, प्रोटिन जस्ता तत्व पाइने हुँदा यसको महत्त्व अधिक सिलाम खाँदा शरीरमा कुनै हानी नोक्सानी गर्दैन बहुउपयोगी सिलामको लागि त्यति धेरै मेहनत गर्नु नपर्ने, बीउ किन्नु नपर्ने, मल किन्नु नपर्ने, विषादी प्रयोग गर्नु नपर्ने बजार तथा मूल्य राम्रो हुँदा यो खेती सहज पनि यसैगरी सिलामको बोटबाट वस्तु गोठ बार्ने, गोठको छानो लगाउने समेत गरेको पाइन्छ

               सिलामको बोटले वस्तु गोठ बारेको

. पालिकाको योगदान:

माङसेबुङ गाउँपालिकाले प्रदेश सरकारबाट रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत आएको कार्यक्रमलाई आर्थिक वर्ष २०८१/८२ मा सिलाम खेतीमा लगानी गरेको थियो ५० प्रतिशत लागत साझेदारी कार्यक्रमका लागि लाख रुपैयाँको विनियोजित गरिएको थियो । पालिकाको वडा नम्बर मा सञ्चालित कार्यक्रमबाट कृषकहरुले मनग्ये आम्दानी लिएका थिए तर, पालिकासँग आज पनि सिलाम कति परिमाणमा उत्पादन हुन्छ भन्ने यकिन तथ्यांक भने छैन माङसेबुङ कृषि विकास शाखाकी कृषि प्राविधिक निरुपा राईले उत्पादन हुने गरेको भए पनि यकिन तथ्यांक नरहेको बताइन्

. बजार सम्भावना:

माङसेबुङ गाउँपालिकाको तल्लो भेग(गर्मी) मा सिलाम उत्पादन नहुने हुँदा धेरै परिमाणमा पालिकामा नै यस्तो खपत हुने गर्दछ यस्कासाथै झापाको बजारहरुमा यस्को माग उच्च रहेको रेस्टुरेन्ट, होटलहरुमा अचार साथै अन्य परिकारको लागि प्रयोग हुने हुँदा बजार राम्रो अहिले खुलेका अर्गानिक पसलहरुमा स्तरीय प्याकेजिङ गरी बिक्री गर्ने चलन बढ्दो यति मात्र नभई विदेशमा समेत सिलामको माग बढ्दो माङसेबुङ का रत्न राई भन्छन्, छिमेकी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिकासँग त्यहाँ उत्पादित चामल हामी सिलामसँग साट्ने समेत गर्दछौँ उहिले चाहिँ मोरङ मधुमल्ला बोकेर लगेर चामल नुन साटेर ल्याउने चलन थियो माङसेबुङ का अर्का किसान पूर्ण काफ्ले सिलामको लागि घरमै व्यापारी आउने बताउँछन् पूर्णका अनुसार उत्पादन भएको सिलाम घरमै बिक्ने मूल्य समेत राम्रै पाउने हुँदा यसको बजार सम्भावना उच्च रहेको पालिकाभित्रै मंसिरपछि सिलाम अभाव हुने गरेको

छिमेकी जिल्ला झापाको दमकमा क्याफे सञ्चालक रहेका बिमल राईका अनुसार माङसेबुङमा सिलाम खेती उत्पादन राम्रो हुने भए पनि त्यसले छिमेकी बजारलाई नै धान्न सकेको छैन  हामीलाई क्याफेमा विभिन्न परिकारमा प्रयोग गर्नका लागि वर्ष भरीनै सिलाम चाहिन्छ तर , महिना पछि सिलाम नै सकियो भन्छन किसानहरु । उत्पादन बढाउन सके बजार अभाव छैन

१०. संरक्षणको उपाय:

सिलाम खेती पुरानो सजिलो भए पनि माङसेबुङमा व्यवसायीक रूपमा भने कमै मात्र यसको खेती हुन्छ सिलाम फल्ने ठाउँमा प्रत्येक घरमा थोरै थोरै भए पनि खेती गरिन्छ तर कतिपय क्षेत्रमा भने बसाइँसराइ तथा कृषिबाट युवा पलायन हुने कारण सिलाम खेती समेत संकटमा पर्दै गरेको

माङसेबुङ का किसान पूर्णकला(खिनमाया) मुखियाका अनुसार सिलामबाट मनग्ये आम्दानी लिने अवस्था बनाउन किसानलाई धेरैभन्दा धेरै सहज किसिमका अनुदान कार्यक्रमहरु दिइनु पर्दछ पालिकाले विभिन्न रैथाने बाली सम्बन्धि प्रोत्साहन कार्यक्रम ल्याउने साथै एक वडा रैथाने बाली कार्यक्रमलाई अगाडि बढाउनु पर्ने अवस्था आएको रैथाने बालीको लागि बीउ बैंकको स्थापना गर्ने, अहिलेमाङसेबुङमा उत्पादित सिलामलाई अझ गुणस्तरीय ब्राण्डिङ गर्ने हो भने सिलाम खेती बढ्दै जान सक्छ,’ पूर्ण कला भन्छिन्

सन्दर्भ स्रोत:

सागर जिसी, अनिता गौतम, पीताम्बर श्रेष्ठ (२०७८/७९) जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल(लीवर्ड)
माङसेबुङ गाउँपालिकाको बेवसाइट

कुराकानी:
. निरुपा राईनायव प्राविधिक सहायक, कृषि शाखा माङसेबुङ (२०८३/०३/१७)
. पवित्र राईकृषक, माङसेबुङ हस्टे (२०८३/०३/१७)
. रिता राईकृषक, माङसेबुङ लाक्तापा (२०८३/०३/१६)

. जित बहादुर थापाकृषक, माङसेबुङ चित्रे  (२०८३/०३/१७)
. प्रणेश राईकृषक, माङसेबुङ उत्तिसे             (२०८३/०३/१७)
. धन कुमार लिम्बूकृषक, माङसेबुङ मानपुर  (२०८३/०३/१६)

. रत्न राईकृषक, माङसेबुङ पञ्चमी (२०८३/०३/१६)

. खिनमाया मुखियाकृषक, माङसेबुङ (२०८३/०३/१८)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु