नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) नगर समन्वय परिषद् दमकले आयोजना गरेको विभिन्न शिर्षकका तालिमहरु समापन भएको छ ।
शनिबार किरात भवनमा तालिम समापन समारोहको आयोजना गरी तालिमहरु विधिवत रुपमा सम्पन्न गरेको छ । ७ दिने आधारभुत उद्घोषण तथा व्यक्तित्व विकास तालिम, सेक्युरिटि तालिम, हाउस वाइरिङ र प्लम्बिङ तालिम दमक नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको थियो ।
नेफिन दमकका अध्यक्ष गुमानसिंह तामाङको अध्यक्षतामा तथा दमक नगरपालिकाका शिक्षा अधिकृत शालिकराम काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिका सामाजिक शाखा सदस्य कमल श्रेष्ठ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हरीदेवी लाओती, नेफिन दमकका संस्थापक अध्यक्ष धिरेन लाओती, आदिवासी जनजाति विद्यार्थी महासंघ केन्द्रीय सदस्य रामचन्द्र राई, समाजसेवी राजकुमार श्रेष्ठ, विभिन्न जातिय संस्थाका प्रतिनिधिहरु, सामाजिक अगुवा, आदिवासी अभियान्ताहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न शिर्षकमा सञ्चालन भएको तालिमहरुमा सहभागि सबै प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रम नेफिन दमक नगरका सह–सचिव सुसन राईले सञ्चालन गरेको थियो साथै स्वागत मन्तव्य नेफिन दमकका सचिव मणिराज धिमालले राख्नु भएको थियो ।