adv

सुपरिटेण्डेन्टले रोके अध्यक्षले निकालेको टेण्डर मेडिकल

बुटवल । सटर भाडाका लागि बोलपत्र आहृवानको विषयलाई लिएर लुम्बिनी अञ्चल अस्पतालमा विवाद चर्किएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल र मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालबीच विवाद भएको हो ।

अध्यक्षले आहृवान गरेको टेण्डर मेसुले सूचना टाँसेपछि रोकिएको हो । सोमबार बोलपत्र दर्ताको अन्तिम दिन मेडिकल सुपरिटेण्डेन्टले रोकेको सूचना टाँसेका हुन् ।

सोमबारसम्म २ सय ४५ टेन्डर र्फम खरिद भएको छ भने १२ वटा दर्ता भइसकेको छ ।

हाल अस्पतालको ६९ वटा सटरहरु छन् र ती सटरहरु न्युनतम रकम राखेर नयाँ टेन्डर आहृवान गरिएको थियो । मासिक रुपमा ६ करोड ५९ लाख ६० हजार ९ सय ६७ आम्दानी हुने गरेको थियो ।

देश प्रदेशिक संरचनामा गएको भन्दै प्रदेश सरकारले नै बोलपत्रको टुङ्गो लगाउने स्वस्थ्य तथा जनसंख्या मन्त्रालय, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका निजि सचिव भवनाथ खतिवडाको निर्देशनसहितको पत्रको आधारमा मेसु खनालले स्थगित गरेका हुन् ।

यता अस्पतालका अध्यक्ष रमेश खनालले भने सोमबार साढे ५ बजे पत्रकार सम्मेलन गरी अस्पताल विकास समितिका पदाधिकारीहरुलाई जानकारी नदिई मेसुले एकलौटी रुपमा टेन्डर रोकेको आरोप लगाएका छन् । निजी सचिवको पत्रको आधार बनाएर रोकिने प्रावधान नभएको उनले दाबी गरे ।

‘टेन्डर सकिन दुई घण्टाअघि रोकिएको छ, यो नियोजित र अवैधानिक छ- उनले भने । समितिका पदाधिकारीहरुसंग रायसल्लाह बिना नै एकलौटी रुपमा अस्पतालको आम्दानीलाई असर गर्ने गरी गलत निर्णय भएको अध्यक्ष खनालको भनाइ छ ।

अध्यक्षले खनालले मेडिकल सुपरिटेण्डेन्ट अधिकार क्षेत्रभन्दा बाहिर गएको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु