स्याङ्जा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्मा अर्यालले जिल्लालाई पूर्ण खोेप सुनिश्चित भएको घोषणा गरेकी हुन् ।
जिल्लामा १५ महिनासम्मका ५ हजार १८४ बालबालिकामध्ये सबैले खोप पाएको जिल्ला जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि ५० जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका थिए । ०३४ देखि विफर उन्मुलन गरेसँगै विस्तारित खोप आयोजनको नामबाट व्यापकता पाएको खोपले मानव जीवनमा परिवर्तन ल्याएको कार्यक्रममा बताइएको थियो ।