adv

आफ्नै छोराको कुटपिटबाट बाबुको मृत्यु

 

सोलुखुम्बु । आफ्नै छोराको कुटपिटबाट सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-९ सानो खाम्दिङका ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ ।

शेर्पालाई सोमबार उनकै १८ वर्षीय छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएका थिए । उनको मंगलबार घरमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि तेन्जी शेर्पा र उनको साथी सोही ठाउँ बस्ने १९ वर्षीय फुरे तामाङ समेत भागी फरार रहेकाले प्रहरीले खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु