adv

सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको चार बुँदे उर्दी जारी

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे उर्दी पनि जारी गरेको छ ।

चिकित्सक संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाएको छ । साथै देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सञ्चालन गर्न आहृवान गरेको छ ।

देशभरका चिकित्सकहरुलाई आआफ्नो जिल्लामा रिले अनसन, र्‍याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन पनि भनेको छ ।

उपत्यकाका चिकित्सकहरुले भने बसन्तपुरमा विहान १० बजेदेखि ५ बजेसम्म अनसन बस्ने महासचिव लोचन कार्कीले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु