adv

सरकारले दुई तिहाई दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको निधिको आरोप

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिनु भएको छ ।

महामन्त्री कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आह्वान गर्नुभयो ।

विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिन अघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश पनि व्यक्त गर्नुभयो ।

महामन्त्री कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाई दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लडन पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गर्नु भयो ।

उहाँले सरकार संविधानको आधारभूत मूल्य, मान्यता विपरितका गतिविधिमा संलग्न रहेको आरोप पनि लगाउनुभयो ।

उपसभापति निधिले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नुभयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु