उधम साकोस दमकको १० औँ स्थापना दिवसको अवसर पारेर निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा अल्ट्रासाउण्ड, बालरोग, महिलाको पाठेघर सम्बन्धि, किड्नी सम्बन्धि, हाडजोर्नी, दन्त परिक्षण साथै नाक, कान र घाँटीको परिक्षण निःशुल्क रुपमा गरिएको थियो ।
संस्थाकि अध्यक्ष चन्द्राकुमारी खड्काको सभापतित्वमा रहेको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सहकारी संघ संचालक सदस्य गोमा नेपाल रहनु भएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष खड्काले बोल्दै सहकारीले अब आर्थिक कारोबार मात्र नभएर स्वास्थ्य क्षेत्रमा पनि जोड् दिने बताईन । कार्यक्रममा सम्पुर्ण प्राबिधिक टिमलाई मायाको चिनोले सम्मान गरिएको थियो भने कार्यक्रमको संचालन भने संस्थाका सचिव दोर्णराज भट्टराईले गरेका थिए ।
सो शिविरमा ४०० बढीले निःशुल्क स्वास्थ्य परिक्षण गर्ने अवसर प्राप्त गरेका थिए । सेवा ग्राहिहरुमा बिराट मेडिकल कलेज, निम्स नेशनल अस्पताल, ने.रे.सा. उप–शाखा दमकले प्राविधिक सहयोग गरेका थिए ।