दमक, १४ साउन
दमकमा लायन्स क्लबहरुको सक्रियतामा सोमबार अन्तर्राष्ट्रिय मानव वेचविखन सम्बन्धि सचेतना र्याली सम्पन्न गरेको छ ।
लायन्स क्लब ईष्टरलाइनको अगुवाईमा भएको उक्त कार्यक्रममा दमक नगरपालिकाका उप–मेयर गीता अधिकारीले र्यालीको उद्घाटन गर्नु भएको थियो । दमकको क्याम्पस मोडदेखि दमक चौकसम्मको उक्त र्यालीमा लायन्स क्लब दमक स्विट सिटी, जिवन चक्र समाज, सुर्योदय बोर्डिङ, अक्सफोर्ड इङ्लिस बोर्डिङका विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त र्यालीलाई दमक ट्राफिक प्रहरीले व्यवस्थापन गरेर सहयोग गरेको थियो ।
रिजन चियर पर्सन प्रहर क्षेत्री, जोन चियर पर्सन रुद्र गौतमको सहभागीता रहेको उक्त कार्यक्रमको अन्त्यमा ईष्टरलाईन दमकका पे्रसिडेन्ड विमल शर्माले र्यालीमा सहभागीता जनाउने सबैमा धन्यवाद सहित कृतज्ञता प्रकट गर्दै हामी सबैले यो कार्यक्रमलाई प्रभावकारी वनाउन र्यालीमा मात्र सिमित नराखौँ, सानो सानो कुरालाई ख्याल राख्यौँ भने मानव वेचविखन जस्तो जघन्य अपराधलाई कम गर्न सकिने कुरामा जोड दिनु भयो ।