adv

कम्बोडियामा अलपत्र पारेको र ८८ लाख रुपैयाँ ठगी आरोपमा युवक पक्राउ

जागिर लगाइदिने भनी १९ जनालाई कम्बोडियामा अलपत्र पारेको र ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २४ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

 

कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा पठाइदिने भन्दै प्रतिव्यक्ति साढे ३ लाखदेखि ६ लाख रुपैयाँ लिने झापा शिवसताक्षी ९ का सुमन बस्नेतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

 

मासिक १ लाख रुपैयाँ तलब हुने भन्दै उनले विभिन्न व्यक्तिसँग ८८ लाख ३८ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

 

काठमाडौंबाट बैंकक हुदै कम्बोडियासम्म पुर्‍याई अलपत्र पारी ठगी गरेको भनी जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायत १९ जनाले बस्नेतविरुद्ध उजुरी दिएका थिए ।

बस्नेतलाई प्रहरीले काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको एसपी उप्रेतीले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु