adv

ऊर्जामन्त्रीले वनमन्त्रीलाई फोन गर्दै भने- सहयोग गरिदिनुस् !

आइतबार ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले निर्माणधीन भूमिगत त्रिशुली-काठमाडौं प्रसारणलाइनको अनुगमनको क्रममा मातातीर्थमा पुगे । वनका कारण प्रसारणलाइन निर्माणमा समस्या आएको रिपोर्टिङ ठेकेदार र आयोजनाले मन्त्रीसमक्ष गरे । त्यसलगत्तै पुनले वनमन्त्री शक्ति बस्नेतलाई फोन लगाएर भने,’मातातर्थी प्रसारणलाइनको समस्या छिटो समाधान गर्नुपर्ने भयो मन्त्रीज्यू, सहयोग गरिदिनुस् ।’

 

उनले प्रसाराणलाइन निर्माणमा ढिलाइ हुँदा हाल उत्पन्न र भविष्यमा आउने समस्याबारे वनमन्त्री बस्नेतलाई जानकारी दिए । पुनले बस्नेतलाई समस्यामा गमभीर भइदिन अनुरोध गरे ।

महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रभित्र प्रसारणलाइन बनाउन ३३६ वटा रुख काट्न स्वीकृति मागिएको छ । रुख काटानको स्वीकृति मागिएको फाइल वन विभागमा पुगेर अडि्कएको छ ।

यसलाई छिटो प्रक्रियामा लगेर टुंग्याइदिन आग्रह गर्दै ऊर्जामन्त्रीले वनमन्त्रीलाई फिल्डबाटै फोन गरेका हुन् । यसअघि ६८२ वटा रुख कटानका लागि स्वीकृति लाइए पनि रुट परिवर्तन भएपछि अन्योल भएको हो । अनुगमनमा ऊर्जासचिव अनुपकुमार उपाध्याय र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सँगै थिए ।

 

काठमाडौं-त्रिशुली २२० केभीको डबल सर्किट प्रसारणलाइन हुनेछ । यो प्रसारणलाइन अन्तरगत मानव वस्ती छल्नका लागि १३ सय ९ मिटर क्षेत्रमा भूमिगत केबलिङ गर्नुपर्ने छ । मातातीर्थ मन्दिरबाट निर्माणाधीन सब-स्टेशनसम्म नेपालमै पहिलो पटक उच्च भोल्टेजको प्रसारणलाइनलाई भूमिगत गरिँदैछ ।

भूमिगत गर्नुपर्ने १३०९ मिटरमध्ये हालसम्म ६३० मटिरको मात्रै काम सकिएको छ । यसमार्फत २४ वटा तार भूमिगत रुपमा सबस्टेशनसम्म पुग्ने छ ।


यसमा चीनको सीडब्लुई कम्पनीको काम गरिरहेको छ । काम सुस्त भएको भन्दै स्थानीयले गुनासो गरेपछि ऊर्जामन्त्री, सचि र प्राधिकरण प्रमुख निरीक्षणमा पुगेका हुन् ।

ऊर्जामन्त्री पुनले २ महिनाभित्र अण्डरग्राउण्ड प्रसारणलाइन बिछ्याउने काम सक्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिए । उनेले आवश्यक सुरक्षा प्रवन्ध मिलाउन आफूले गृहमन्त्रीसँग कुरा गरिसकेको बताउँदै समयमै काम सक्ने गरी अघि बढ्न भने ।

काठमाडौं-त्रिशुली प्रसारणलाइन जनवरीभित्र सक्नुपर्ने अवस्था छ । निर्माणाधीन त्रिशुली-थ्री’ए’बाट उत्पादित बिजुली यसैमार्फत काठमाडौं ल्याउने योजना छ ।

प्रसारणलाइनको १४० मध्ये १२७ वटा टावर बनिसकेको छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु