adv

दमकमा विश्व आदिवासी दिवस भव्यताका साथ सम्पन्न

दमक, २४ साउन ।


नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् (नेफिन) दमकले बिहिबार २४ औं विश्व आदिवासी दिवस भव्यता साथ मनाएको छ । दमकको गोरखा डिपार्टमेण्ट स्टोरको प्राङगणमा भएको उक्त कार्यक्रम नेफिन दमक नगर अध्यक्ष गुमानसिंह तामाङको अध्यक्षतामा तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश नं. १ प्रदेश सदस्य अर्जुन राई, नेफिन झापाका सचिवालय सदस्य कमन देवान, रामबहादुर धिमाल रहेका थिए ।


नेफिन दमकका संस्थापक अध्यक्ष धिरेन लाओती, महिला नेतृ सुमित्रा बाङ्देल चेली लगायत आदिवासी अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
विभिन्न जातिय संस्थाहरुको झाकि सहितको र्यालिले दमक नगर परिक्रमा गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । नेफिन दमकमा केही समय विवादका कारण कार्यक्रमहरु हुन सकेको थिएन तर जिल्ला तहको र स्थानिय आदिवासी अगुवाहरुको सक्रियताले विवाद समाधान गरि पहिलो पटक भव्यताका साथ २४ औं विश्व आदिवासी दिवस मनाएको हो ।


कार्यक्रममा उपस्थित महानुभावहरुलाई संस्थाको तर्फबाट नेफिन दमकका उपाध्यक्ष ओममाया आङ्देम्बेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सचिव मणिराम धिमालले सञ्चालन गरेको थियो ।

फोटो फिचर:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु