adv

तपाईं बिरामी भेट्न जानुहुन्छ ?

अहो, के भयो रु कहिलेदेखि यस्तो रु लु बर्बाद भएछ ।’

तपाईं जब अस्पतालको शैयामा पुग्नुहुन्छ, भेट्न आउने ‘शुभेच्छुक’हरुले यसरी नै केरकार गर्न थाल्छन् । तपाईंरहाम्रो स्वास्थ्यको ठेगान छैन । कुन बेला के हुन्छ रु अनुमान गर्न सकिदैन । अचानक रोग लाग्न सक्छ । अप्रत्यासित दुर्घटनामा पर्न सकिन्छ । कुनै कारणवश अस्पतालमा पुगिन्छ । वा घरमै थला पर्न सकिन्छ ।

यस्तो अवस्थामा तपाईंरहाम्रो मनोदसा कस्तो हुन्छ र?

एकातिर रोगको चिन्ता, अर्कोतिर उपचार(खर्चको । उपचारमा खर्च गरेपनि रोग निको हुने हो वा होइन रु जीवनभर यसरी नै थलिनुपर्ने हो कि रु रोगले फेरी कहिल्यै उठ्न नदिने हो कि रु मेडिकल रिपोर्टले भयानक नतिजा देखाउने हो कि रु यस्ता अनेक शंका(उपशंकाले मन बेचैन बनाउँछ ।

अर्कोतिर आफ्नो पीडा छँदैछ । दुखाई, असहज, ऐठन आदिले ग्रस्त बनाइरहेको हुन्छ ।

त्यसमाथि आफ्नो कारणले परिवारमा पर्न गएको दुःख, परिवारले झेल्नुपरेको कष्ट । त्यसैले त भनिन्छ, ‘जीवनभर अस्पतालमा पुग्न नपरोस् । औषधी खान नपरोस् ।’

तर, जब स्वस्थ्य, तन्दुरुस्त हुन्छौं, अस्पतालमा गुजार्नुपर्ने यी दशा भुल्न पुग्छौ । मनलाग्दो खाने, मनलाग्दो बस्ने गर्छौं । नतिजा, रोगले च्याप्छ । रोगले च्यापेपछि न पैसा छैन भन्न पाइयो, न उद्यम(व्यवसायमा घाटा लाग्छ भन्न पाइयो । न जागिरबाट हटाउँछ भन्न पाइयो । यावत कुरा छाडेर चुपचाप अस्पताल धाउनुको विकल्प रहँदैन ।

अस्पताल पुगेपछि चिनेजानेका, आफन्त, साथीभाई भेट्न आउँछन् । किन भेट्न आउँछन् रु जवाफ एउटै हो, रोगीलाई सान्तवना मिलोस् भन्नका खातिर ।

किनभने यसरी भेट्न आउनेहरुले रोगको निदान खोजिदिने होइन । न उपचार गर्ने नै हो । यद्यपी आफ्नो उपस्थितीको कारण रोगीले सान्तवना पाउँछ । ढाडस मिल्छ ।

निश्चय पनि रोगीलाई भेट्न जाने भनेको उनीहरुको निरासा, वेचैनी, दुःख भुलाउन नै हो । आफन्त, साथीभाई, इष्टमित्रको उपस्थितीबाट रोगीले महसुष गरोस् कि, ‘मेरो रोग चाडै निको हुनेछ । सबैले सहयोग गर्नेछन् । मप्रति सबै शुभेच्छा प्रकट गरिरहेका छन् ।’

यसले रोगीमा आत्मविश्वास जागृत हुन्छ । के भनिन्छ भने, धेरैजसो रोग निदानमा रोगीको आत्ममनोवलले काम गर्छ । अर्थात उच्च आत्ममनोवल भएमा उसको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसले गर्दा सहजै रोग निदान हुन्छ ।

जब रोगी हतोत्साही हुन्छन्, आत्ममनोवल कमजोर हुन्छ, उनीहरुलाई रोगले थप ग्रसित बनाउँछ । मानसिक चिन्ता, वेचैनी, भयले उनीहरुको उपचार अपेक्षाकृत राम्रो हुँदैन ।

त्यसैले त चिकित्सकहरुले रोगीलाई सान्तवाना दिन्छन् । थमथमाउँछन् । र, रोग चाडै निको हुन्छ भनेर आश्वस्त तुल्याउँछन् ।

तर, हामी भने रोगीको मनोदसा बुझ्दैनौ ।

जब कोही रोगीलाई भेट्न पुग्छन् । उनीहरु रोगीलाई राहत मिलोस्, आत्मविश्वास प्राप्त होस् भन्ने भन्दा पनि फरक कुरामा चासो राख्न थाल्छन् ।

सुरुमै सोध्छन्, ‘अहो, के भयो यस्तो रु’

यो प्रश्नबाटै रोगी थप व्याथित बन्न पुग्छन् । उनीहरु ठान्छन्, ‘म बर्बाद भइसकेछु ।’

त्यसपछि यस्ता प्रश्नहरु गरिन्छ, ‘हेर त, कति दुब्लाएको रु’

– ‘लौ, के भएको रु कसरी यस्तो भयो रु’

– होइन, हिजो(अस्तिसम्म त ठिकठाक थियो । अचानक के भयो रु

– अहो, रोगले खत्तम बनाएछ नि रु

त्यसमध्ये कतिपले उनीहरुमाथि दया दर्शाउँछन् । ‘विचार’ भनेर करुणा पोख्छन् । हुन त यी मानविय स्वभाव हो । अरुको अवस्था कमजोर देखेपछि हाम्रो मनभित्र करुणा पैदा हुन्छ । दया(भाव पलाउँछ । तर, हामीले सधै भावनामा बहकिएर हुँदैन । कतिपय व्यवहारिक अवस्थालाई पनि ध्यान दिनुपर्छ ।

जब हामी रोगीलाई भेट्न अस्पताल जाँदैछौं भने यस्तो महसुष गराउनुपर्छ कि, त्यो रोगबाट उसले चाडै उन्मुक्ति पाउँदैछन् । उपचार सही ढंगले भइरहेको छ । सबै ठिकठाक छ । यो कुनै अनौठो र भयानक कुरा होइन । मानव शरीर हो, रोग लाग्छ । उपचार गर्नैपर्छ । अरुले पनि तिमीले जस्तै भोगिरहेकै छन् ।

यस किसिमको भावना पैदा गराउनुपर्छ, रोगीमा । जब रोगीले आफु ठिकठाक भएको अनुभूत गर्छन्, तब उनीहरुको आत्ममनोवल उच्च हुन्छ ।

त्यसैले रोगीकहाँ भेट्न गइरहँदा उनीहरुलाई केरकार गर्ने, अन्र्तवार्ता लिने होइन । त्यसै त उनीहरुको मनोदसा खराब भइरहेको हुन्छ । त्यसमाथि तपाईंले घटनाको वेलिविस्तार लगाउन थाल्नुभयो, उपचार खर्चको कुरा उठाइदिनुभयो, उपचारको जटिलता देखाइदिनुभयो भने रोगीको मनमा कस्तो असर गर्छ होला रु

यसरी सोच्नुहोस् कि, भोलि तपाईं अस्पताल पुग्नुहुनेछ । तपाईंलाई भेट्न आउनेहरुले ‘के, किन, कसरी’ भन्दै तपाईंको लम्बेतान अन्र्तवार्ता लिन थालेमा के होला रु

त्यसैले अस्पतालमा विरामी भेट्न जाँदा सकारात्मक भाव पैदा हुने किसिमले आफ्नो उपस्थिती जनाउनुपर्छ । सके सहयोग गरौं, नसके निरुत्साहित नगरौं ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु