adv

आङ्वो सङजुम्भोको तेस्रो अन्तराष्ट्रिय सम्मेलन

आङ्वो सङजुम्भोको तेस्रो अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । लिम्बु जाति अन्तर्गत आङ्वो थरका समुदायको आर्थिक, सामाजिक, सास्कृतिक लगायतका पक्षको विकास गर्ने उदेश्यले देशबिदेशमा रहेका आङ्बो थरीहरु समेटेर गठित आङ्बो सन्जुम्भोले २०७५ माघ ३ देखि ५ गते सम्म तेस्रो अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको हो ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री माननिय इन्द्र बहादुर आङ्गबोको प्रमुख आतिथ्यता हुन लागेको सो सम्मेलन पहिलो दिन ३ गते फालेलुङ ७, पाचथरमा अवस्थीत माङहिममा माङसेवा कार्यक्रम, दोस्रो दिन तेस्रो अन्तराष्ट्रिय सम्मेलन उद्घाटन तथा विविध सास्कृतिक कार्यक्रमहरु ( याःलाङ, केःलाङ, ) र व्यत्तित्व अभिनन्दन, सम्मान कार्यक्रम फालेलुङ १ मा हुने र तेस्रो दिन सम्पूर्ण आङ्बो बन्धुहरुमा विविध विषयमा छलफल, निर्णय तथा समापन हुने आयोजकले जानकारी दिएका छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु