adv

भोजपुरमा मध्यपहाडी लोकमार्ग भासियो

२६ असार, भोजपुर ।

लगातारको वर्षाका कारण भोजपुरमा मध्यपहाडी लोकमार्ग नै भासिएको छ ।

लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा वर्षाका कारण सडक भासिएको हो ।

टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले दिएको जानकारी अनुसार भोजपुर – चखेवा सडक खण्डको मेस्पाङमा करिब ६०मिटर सडक भासिएको छ ।

कालोपत्र गरिएको सडक बुधबार बिहान भासिएपछि यातायात आवगमन बन्द भएको उपाध्यक्ष राईले बताइन् ।

’सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ’, राईको भनाई छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु