adv

राधिका मा.बि.को ५० औ स्वर्ण महोत्सबको तयारी तिब्र

मोरङको उर्लाबारी नपा. वाड नम्बर ६ स्थित रहेको राधिका माध्यमिक विद्यालयले ‘जीवन उपयोगी एवं रोजगार उन्मुख शिक्षा सुरक्षित सिकाई वातावरण राधिकाको सदीक्षा’ भन्ने मुल नारालिई ५० औँ स्वर्ण महोत्सबको भव्य तयारी भैरहेको छ ।

यहि माघ २५ देखि २८ गतेसम्म मनाईने महोसत्वको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिने भएको छ । विहिबार विद्यालयले पत्रकार सम्मेलनगरी स्वर्ण महोत्सव बारे जानकारी गराएको हो । विद्यालय परिसरमा स्वर्ण जयन्ती स्मारक अनावरण र स्मारिका विमोचन राष्ट्रपति भण्डारीबाट हुनेछ र विद्यालयको श्रीवृद्धिमा योगदान पुर्याउनेहरुलाई सम्मान स्वरुप कदर गरिने, विशेष व्यक्तिहरुलाई अभिनन्दन गरिने भएको प्रधानाध्यापक कुमार पोखरेले बताए । उद्घाटन समारोहमा विद्यालयको आर्थिक प्रतिवेदन साथै भावी योजनाहरु पनि प्रस्तुत गर्दै स्वर्ण महोत्सवलाई भव्य बनाउन उद्घाटन समारोहमा साँस्कृतिक कार्यक्रम, विभिन्न जातजातिका झाँकी, गायन तथा नृत्य प्रस्तुती रहने पोखरेलले जानकारी गराए ।

स्वर्ण महोत्सवको दोस्रो दिन कृषि विज्ञान लगायत प्रदर्शनीको उद्घाटन र सोहि दिन कविता वाचन तथा साहित्यिक कार्यक्रम, पूर्व शिक्षक, पूर्व सन्चालक समिति र समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने पूर्व विद्यार्थीलाई सम्मान गरिने विद्यालयका सुचना संयोजक ऋषिकेश खनालले जानकारी दिए । शिक्षक समेत रहेका खनालका अनुसार कार्यक्रमको तेस्रो दिन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथि रहने खनालले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु