दमकमा हुन गईरहेको लायन्स क्लबको तेश्रो रेगुलर डिष्ट्रिक क्याविनेट मिटिङलाई लक्षित गरेर आयोजक टिमले स्मारिका प्रकाशन गरेको छ । स्मारिका प्रकाशनका संयोजक लायन गंगादेव चौधरीको अगुवाइमा तयार पारिएको थियो l उक्त कार्यक्रम, माघ १८, शुक्रबारका दिन दमकस्थित संगम स्वीटको सभाहलमा एक कार्यक्रम विच दमकका नगर प्रमुख रोमनाथ ओली ज्यूको बाहुलीबाट विमोचन गरिएको छ ।

कार्यक्रममा विभिन्न दमक रेडक्रम उपशाखा प्रमुख प्रकास बुढाथोकी, दमक उद्योग वाणिज्य संघ प्रमुख राजेन्द्र ढकाल, दमक जेसिजका अध्यक्ष जेसी भिम चम्लागाई, दमक जेसिजका निवर्तमान अध्यक्ष जेसी चन्द्र खत्री, डिष्ट्रिक्ट ३२५ ए वानका चिफ इन्भ्यारोमेन्ट लायन ववरजंग थापा (किरण) साथै अन्य संघसंस्थाका प्रतिनिधीहरुले आतिथ्यता ग्रहण गर्नु भएको थियो साथै लायन्स लिडर तथा सदस्यहरु, लियो सदस्यहरु साथै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

भोलि हुने उक्त क्याविनेट मिटिङको लागि तयारी राम्रो गरिएको र यसका लागि विभिन्न क्षेत्रमा लायन्स तथा लियोहरुलाई जिम्मेवारी दिइएको साथै सबैले आफ्नो तर्फबाट राम्रो तयारीहरु गरिरहेको । ३ वटा लायन्स क्लबहरुको संयुक्त आयोजना तथा अन्य लायन्स क्लबहरुको सहयोग साथै लायन्स लिडरहरुको सुझावमा लायन्स क्लबको इतिहासमा यो क्याविनेट मिटिङलाई ऐतिहासिक बनाउने योजना रहेको क्याविनेट मिटिङका मुल संयोजक लायन विश्वास बाबुले जानकारी दिए ।

