adv

२०३० सम्म सबै नागरिकको स्वास्थ्य बीमा गरिने स्वास्थ्य राज्यमन्त्रीको दावी !

 


स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले २०३० सम्म नेपालका सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका छन् ।

स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री यादवले २०३० सम्म सबै नागरिकको स्वास्थ्य बीमा गरिने बताएका हुन् ।

२०२० सम्म ५० प्रतिशतको बीमा गर्ने र ३० सम्म सबैको पहुँचमा बीमा पुर्‍याउने उनको दावी छ । हालसम्म ३६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम रहेकोमा यस वर्ष ११ वटा जिल्लामा थप गर्न लागेको पनि उनले जानकारी दिए ।

राज्यमन्त्री यादवले निशुल्क औषधी नपाएमा स्थानीय तह दोषी हुने बताए । स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले स्वास्थ्य संस्थामा निशुल्क औषधी सकिएमा स्थानीय तह दोषी हुने बताएका हुन् ।

राज्यमन्त्री यादवले देशभर २ सय ११ वटा अस्पताल थप गर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयले पारित गरेको जानकारी दिए । उनले हरेक स्थानीय तहमा १५ शैय्याको अस्पताल सञ्चालनका लागि भने यस वर्ष बजेट नभएको बताए ।

”१५ बेडको अस्पताल बनाउन एक सुका पनि बजेट छैन, तर ७५ करोड रुपैयाँ स्तरोन्नतीको थियो, त्यही पैसा यसमा लगाउने र बाँकी रकम अर्थ मन्त्रालयसँग मागेर यो काम पूरा गर्ने अवस्थामा छौं” -उनले भने ।

४५३ वटा स्थानीय तह चिकित्सकविहीन

राज्यमन्त्री यादवका अनुसार स्थानीय तहमा ४५३ वटा स्थानीय तह चिकित्सकविहीन छन् । त्यहाँ डाक्टर पठाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको भन्दै र त्यो स्वीकृत भएपछि स्वास्थ्य सेवा प्रभावकारी हुने बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु