adv

दुर्घटना अघि कार्यक्रममा यस्ता हँसिला देखिएका रविन्द्र अधिकारीलाई के थाहा आज उनको अन्तिम दिन भनेर !

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा एयरपोर्ट निर्माणको बुधवार विहान स्थलगत निरिक्षण, सम्बाव्यता अध्य्यन र स्थानीयसँगको छलफल गरेका थिए ।

उनी हँसीलो र खूशी देखिएर सँधै देखिने जाँगर सहित स्थानीयहरुसँग छलफल गरेका थिए। उनले सबै बिषय ध्यानले सुनेको स्थानीय गोविन्द राईले जानकारी दिएका छन्। उनले स्थानीयका अरु गुनासोहरु पनि ध्यान दिएर सुनेका थिए।

चुहान डाँडाको कार्यक्रम सकेर ताप्लेजुङ गएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको खबर स्थानियले केहि बेरमै पाए।

प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको हो। हेलिकप्टर आकाशमै आगो लागेर खसेको थियो।

हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङक्षिरिङ शेर्पा, व्यवसायी विरेन्द्र प्रसाद क्षेष्ठ, क्याप्टेन प्रभाकर केसी र अर्जुन कुमार घिमिरे रहेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु