adv

चितवन मेडिकल कलेजमा पनि अब टेष्टटयुव बेबी गर्भाधान प्रक्रिया सुरु

मेडिकल सिटीका रुपमा परिचित चितवनमा न भिट्रो फर्टिलाइजेसन अर्थात टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले जिल्लामा नै पहिलोपटक आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो ।

कलेजले विश्व स्वास्थ्य दिवसको अवसर पारेर अस्पताल अन्र्तगतकै चितवन मेडिकल फर्टिलिटि सेन्टर स्थापना गर्दै टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

अस्पतालले अत्याधुनिक प्रजनन् संरक्षण सेवा सहितको टेष्ट टयूव वेवी सेन्टरको स्थापना गरेको उनले बताए । जहाँ ईन विट्रो फर्टिलाइजेशन, इन्ट्रा साइटोप्लाज्मिक स्र्पस इन्जेक्सन र भ्रुण बैङ्किङ सेवाहरु प्रदान गर्नेछ ।

 

न भिट्रो फर्टिलाइजेसन अर्थात टेष्ट टयुव बेबी गर्भाधान प्रक्रियाको एक समारोहका विच नेपाल सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्धघाटन गरेका थिए । झण्डै १ बर्षको लामो प्रयासपछि राजधानी काठमाडौँ जाने बाध्यता हटाउनसगैँ सहज रुपमा आफ्नो ठाउँमा गुणस्तरीय सेवा दिन टेष्ट टयुव बेबी गर्भाधान कार्य सुरु गरेको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रो।डा।हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री यादवले सरकारले समेत नयाँ नयाँ उपचार सेवा दिने लक्ष्य राखेको अवस्थामा निजि क्षेत्रको पहलमा चितवनमा चितवन मेडिकल कलेज सुरु गरेको यो आम जनताको लागि लाभ दायिक हुने विश्वास व्यक्त गरे ।

कलेजका अस्पताल निर्देशक डा.दयाराम लम्सालले लगानी, प्राविधि र जनशक्तिको हिसाबले कठिन भएपनि सरकारको नीति तथा कार्यक्रम भित्र रहेर स्वस्थ आमा बुवा र बच्चाको लागि यो सेवा सुरु गरिएको जानकारी दिए । नेपालमा १५ प्रतिशत बिबाहित उमेर समूहका दम्पतीहरु निसन्तान समस्यामा छन् । अधिकांश गर्मी स्थानमा कामको खोजीमा जाने ३८ प्रतिशत नेपाली कामदार शुक्राणु घट्दै जाने जोखिममा छ भने झण्डै ६० प्रतिशत दम्पती उन्नत उपचारको खोजीमा विदेश गइरहेका छन् ।

चितवन मेडिकल कलेजका स्त्री प्रसुती तथा रोग विभाग प्रमुख डा.उपेन्द्र पण्डितको अगुवामा यो सेवा सुरु गर्ने लागिएको हो । आगामी १ हप्ताभित्र सो सेवा सुरु गरिने उनले बताए । उनका अनुसार अनुसार चितवन मेडिकल कलेजमा दैनिक २ देखि ३ जना दम्पत्तिहरु यस्तो समस्या लिएर अस्पताल आउने गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु