adv

बुधबार र बिहीबार देशभरी कै मौसम सफा रहने

बुधबार र बिहीबार देशभरी कै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् ।

अहिले प्रिमनसुन कमजोर भएकाले देशभरी कै मौसम सफा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, बेलुकीपख पूर्वी पहाडी भेगको एक–दुई ठाउँमा स्थानीय वायुको प्रभावले मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद् विभूति पोख्रेलले बताउनुभयो ।

शुक्रबार भने पश्चिमी वायु प्रवेश गरेर मौसम बदली हुने उहाँको अनुमान छ । पानी नपरेपछि देशभरी नै गर्मी बढेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु