adv

बिधा भण्डारी यो देशको रास्ट्रपति त के रत्नपार्कमा बसेर डालोमा बदाम बेच्ने जति नि औकात छैन: ज्वाला सङ्ग्रौला

सरकारको गलत कामलाइ गलत भनेर खुलेआम बिरोध जस्ले गर्छ त्यो मान्छेलाइ सक्काउने चलन जुन अहिलेको सरकारले चलाएको छ यस्ले जनताको घृणा पाउने काम त सरकारले गरेकै छ ।

यसैबिच, सरकारको गलत कामको आलोचक कप्तान बिजय लामालाई प्रवक्ता बाट निलम्बन गरेपछी अहिले चौतर्फी बिरोध भएको सेलाउन नपाउदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेपछी झनै बिरोध भएको छ ।

यसैबिच जापानबाट ज्वाला सङ्रौलाको आगो बाल्ने स्टाटस अहिले सामाजिक सन्जालमा भाइरल छ:

केहि सुकुलगुण्डाहरुले राष्ट्रपतिले ”मेरो सरकार” भन्दा आपती छैन भन्दै अरु देशको प्रोटोकलको उदाहरण दिएछन्! झोलेहरुको कुरो सुनी केहि बेर अन्य मुलुकका राष्ट्रप्रमुख हरुको काम कारबाही र जिबनशैली बारे खोज अनुसन्धान गरि हेरें। अमेरिकाका राष्ट्रपति सडकदेखि सिनेटसम्म आँफै निरिक्षण गर्दै हिँड्छन्, उत्तर कोरियाका युवा राष्ट्रपति देशको स्वाभिमान बचाउँदै सँसारलाई प्रबिधिमा च्यालेज दिन्छन् , त्यहाँ भ्रस्टचार त के हाउसमा मिटिङ चलिरहँदा कसैले ठुलो मुख बाएर हाई काढ्यो भने नि सिधै फाँसिमा लत्र्याईन्छ, क्रोएसियाकी महिला राष्ट्रपति त सँसारकै अब्बल र दुरदर्शी राष्ट्रपति मानिन्छिन्।उनी बिश्वका सातवटा भाषा बोल्न सक्छिन् ।

उनी राष्ट्रपति भएपछि मन्त्रीहरुले प्रयोग गर्ने गाडीहरु सब बेच्न लगाएर सरकारी कोषमा पैसा जम्मा गर्न लगाईन्। नर्वेका राष्ट्रपति भाडाको ट्याक्सी लिएर कार्यालय आउजाऊ गर्छन्। चीनका राष्ट्रपतिले उदारवादी समाजबादको बाटो हिँडेर चीनलाई बिकसित देशको उत्कृष्ट नमूना बनाए! सिंगापुरका लि क्वान ,मलेशियाका मोहम्मद महाथिर र पाकिस्तानका इमरान खानलाई तारिफ नगर्ने कोहि छैन ! के हाम्री बिधा भण्डारनीमा उनीहरुजस्तो देशप्रेम, दूरदर्शिता र क्षमता छ?

के भ्रस्टहरुलाई सिधै निधारमा गोली हान्ने आदेश दिने अन्य देशका रास्ट्रपति जस्ती शाहसी उनी छिन्? के यिनले अरु देशका राष्ट्रपतिले जस्तै काम गरेर देशलाई समृद्द बनाएको कुनै एउटा उदाहरण दिन सक्छौ भतुवाहरु? सक्दैनौ भने अरु देशका रास्ट्रपतिको उदाहरण दिएर किन बुरुक बुरुक उफ्रिन्छौ भ्यागुत्तो जसरी ?

सिंगो देशको राष्ट्रपति बिधा भण्डारी तेरो चाहिँ राष्ट्रपति होइनन् र भन्दै प्रश्न उठाउने भाडाका टट्टुहरुलाई मेरो जबाफ छ-

“होइन, मेरो राष्ट्रपति हुँदै होइन बिधा भण्डारी! यदि मेरो राष्ट्रपति हुँदो हो त निर्मला पन्तलाई उहिल्यै न्याय दिईसक्थ्यो, बिदेश भ्रमण गर्दा जमिनदेखि आकाश सबै कब्जा गरेर गजक्क पर्दै नागरिकलाई दुख दिदैन थियो, गरिब देशको हुर्मत लिएर करोडौंको हेलिकोप्टरको माग गर्दैन थियो, भ्रस्ट ओलीले जे भन्यो त्यहि मान्दैन थियो । बालुवाटार बेचिँदा, भारतीयले देशबाट नागरिकता ओसार्दा , एनसेलले अरबौं कर नतिर्दा, गोरेहरुले कुइन्टलका कुइन्टल सुन तस्करी गर्दा , बिमान ख़रीद प्रकरणमा अरबौं घोटाला हुँदा , बलात्कार भएर देशमा दिनैपिच्छे छोरीहरु मारिईरहँदा सबका सब गिरोह र तिनका मतियारहरुलाई टुँडिखेलमा भेला पारि फाँसी दिनु भन्ने आदेश दिन्थ्यो होला यदि मेरो रास्ट्रपति भएको भए..! “

तर यो त ढुँगाको मुर्ती हो, आफ्नै पतिको हत्यारा पत्ता लगाउन नसक्ने नामर्द हो, देशलाई बर्बादी तिर धकेल्ने गुण्डाहरुको नायिका हो। मेरो नजरमा यो देशको रास्ट्रपति हुन त के रत्नपार्कमा बसेर डालोमा बदाम बेच्ने जति नि औकात नभएको जन्तु हो। समग्रमा भन्नु पर्दा यो त केवल 90 किलो मासुको थुप्रो मात्र हो..! बुझ्यौ लठेप्रा भेडाहरु?

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु