सिन्धुपाल्चोक, १७ कार्तिक ।
अरनिकाे राजमार्ग अन्तर्गत सुकुटे भन्ने ठाउँमा दोलखाको मागा देउरालीबाट काठमाडौं जादै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकाेशी नदीमा खसेको हो । बस नदिमा खस्दा १७ जनाकाे मृत्यु भएकाे जनाएकाे छ । दुर्घटनाबाट उदार गरिएका ४६ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको लागि ल्याइएको छ ।

घाइतेमध्ये अन्य छ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकलाई खाडीचौर अस्पतालबाट धुलिखेल नै लगिएको छ ।खाडीचौरमा उपचार गराइराखेका चालक बोल्नसमेत नसक्ने अवस्थामा रहेकाले उनलाई थप उपचारका लागि धुलिखेल ल्याइएको हो । घटनास्थलमा अझै खोजी तथा उद्धार जारी रहेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् । घटनको विस्तृत विवरण आउन बाकी छ ।
साभार ः साइनाे खबर

