adv

देउसीबाट उठेकाे पैसाले विपन्न परिवारलाई राहत वितरण

माङसेबुङ, २३ कार्तिक ।

२०७६ सालकाे शुभदिपावलीकाे अवसरमा देशभर हर्षउल्लासका साथ देउसी भैलाे खेल्दै मनाइयाे । सबैले देउसी खेले । तर सबैकाे देउसी खेलेर उठेकाे रकम के गर्ने भन्ने उदेश्य भने पक्कै फरक रहेकाे पाउन सकिन्छ ।

यस्तै देउसीबाट उठेकाे पैसाले विपन्न परिवारलाई राहत वितरण गरेर एउटा उदाहरणीय काम एक युवा समुहले गरेकाे छ । कुरा हाे माङसेबुङ गाउँपालिका वडा नं. ५ काे हाे । जहाँ शुभदिपावली (बलिहाङ तङनामकाे) अवसरमा केही युवाहरू लारिङगेक नाम्लिङगेक भन्दै घरदैलाेमा पुगी रमाइलाे गरे ।

रमाइलाे गर्दै पुगेका युवाहरूकाे समुहलाई दक्षिणा पनि सबैले दिए । साेचेका थिएनन् हाेला सबैले याे उठेकाे रकमले विपन्न परिवारलाई राहत प्रदान हुन्छ हाेला भनेर । तर युवाहरूले देउसी भैलाेबाट उठेकाे करिब १४ हजार बराबरकाे जिन्सी सामान खरिद गरे । जस्मा दैनिक उपभाेग्य चाम, तेल, साबुन लगायतका सामग्री खरीद गरेर माङसेबुङ वडा नं. ३ र वडा नं. ५ का अति विपन्न ५ परिवारलाई राहत सामग्री वितरणा गरेकाे छ ।

शनिबार रेडियाे माङसेबुङकाे सभाहलमा भएकाे कार्यक्रमबीच उक्त राहत सामग्री वितरण गरेकाे हाे । १६औं राष्ट्रिय विभूति तथा समाजसुधारक महागुरु फाल्गुनन्दको १३५औं जन्मजयन्तीको शुभकामना व्यक्त गर्दै उहाँको कामनामा उक्त राहत वितरण गरिएको समुहका संयोजक सुमन लाओतीले बताए ।

रेडियाे माङसेबुङका स्टेसन म्यानेजर समेत रहेका सुमन लाओतीकाे संयाेजकत्वमा जितेन आङ्देम्बे, मङ्गलसिङ लाओती, राम फाबेन, डम्बर आङ्देम्बे, प्रकाश फागो, सोम साम्पाङ लगायतकाे युवा समुहले उक्त देउसी भैलाे कार्यक्रम गरी राहत वितरण गरेकाे हाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु