भूमिका सुब्बा, विर्तामाेड, २३ कार्तिक ।
देउसीबाट संकलित रकमबाट राेट्रयाक क्लब अफ वार्तामाेडले शैक्षिक सामग्री वितरण गरेकाे छ । विर्तामाेड १० स्थित चमरधाप प्राथिमक विद्यालयका ५० जना विद्यार्थीहरूलाई सामग्री वितरण गरिएकाे हाे ।

कार्यक्रमकी प्रमुख अतिथि रोटरी क्लब अफ विर्तामोडकी अध्यक्ष निकिता गिरीले शैक्षिक सामाग्रीहरू निशुल्क पाएपछि यसले पढाईमा प्रोत्साहन मिल्ने, विपन्न परिवारका विधार्थीहरूलाई थाेरै भएपनि सहयोग पुग्ने र आगामी दिनमा पनि यसै विधालयलाई लक्षित गरेर अन्य कार्यक्रमको लागि पहल गर्ने बताइन् ।
बिद्यालय आउने धेरै विधार्थी विपन्न परिवारको भएको र अहिलेसम्म सरकारी तवरबाट पनि खासै सुविधा नपाएकाले यो शैक्षिक सामाग्री वितरणले विधार्थीलाई फाइदा पुगेको र विद्यार्थीलाई थप हौसला मिलेको बिद्यालयका प्रधानाध्यापक नरेन्द्र गुरूङले बताए ।

रोटरी क्लब विर्तामोडको सहयोग र ओली एण्ड एसोसिएट्सको सहकार्यमा सम्पन्न कार्यक्रममा रोटरी प्रेसिडेन्ट इलेक्ट रोटरियन निर्मल भट्टराई, रोटरियन् सन्जीव घिमिरे, रोट्रयाक पास्ट प्रेसिडेन्ट विकास वस्नेत, बसन्त बुढाथोकी, अभिभावकहरू र क्लबका सदस्यहरूको उपस्थिति रहेकाे थियाे ।
क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षतामा भएकाे कार्यक्रममा बसन्त बुढाथोकीको स्वागत र क्लबकी सदस्य भुमिका सुब्बा फियाकले कार्यक्रम संचालनमा गरेकाे थियाे ।

