काठमाण्डाै, ८ मंसिर ।
सिक्किमबाट निर्मित चलचित्र थेत्लङको शिर्ष गीतको म्युजिक ट्रयाक सार्वजानिक भएको छ । म्युजिक ट्रयाकमा गीत गाएर भिडियोसहित पठाएमा उत्कृष्ट हुनेलाई निशुल्क रेकर्ड गराइदिनुका साथै रुपैया २५ हजार पुरस्कार प्रदान गरिने जानकारी निर्माणपक्षले जनाएको छ ।
यस चलचित्र आगामी पुस अन्तिमतिर काठमाडौंमा प्रदर्शन गरिने भएको छ । यसै अवसरमा यस चलचित्रको शिर्ष गीतमाथि प्रतियोगिता गराइने निर्माता मनी ताम्लिङले जानकारी दिएका छन् । उक्त गीतको शिर्ष गीत ओपेरा इन्टरटेन्मेन्ट नेपालको युट्युवको च्यानलमा राखिएको छ । ट्रयाकमा भिडियोसहित गाएर newsnepal49@gmail.com मा पठाउन सकिने पनि निर्माता ताम्लिङले जनाएका छन् ।
गीतको ट्रयाक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

