adv

दमकका दुई जना महाकाली देखी मेचीसम्म पैदल यात्रामा

दमक, १७ मंसिर । 

दमकका दुई जना महाकाली देखी मेचीसम्मकाे करिब १ हजार ३१ किलाेमिटर पैदल यात्रा गर्ने भएकाे छ । मेचीनगर ६ घर भइ दमक बसाेबास गर्ने वर्ष ४१ का सुरेस उप्रेती र दमकका खगेन्द्र निराैला पदयात्रा निस्किने तयारी गरिरहेका छन् । भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि समेत पदयात्रामा निस्कन लागेकाे मंगलबार दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे ।

मंसिर २० गते देखी महाकाली देखी यात्रा सुरू गर्ने बताएका छन् । उप्रेती यस अघि पनि दमक देखी ताप्लेजुङकाे पाथिभरा मन्दिर ३ पटक पैदल यात्रा गरिसकेकाे छ भने जम्मुकस्मीरकाे करिब ७५ किलाेमिटरकाे अमनाथ यात्राकाे समेत अनुभव लिसकेकाे छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थि समेत रहेका २१ वर्षिया निराैला भने पदयात्राकाे पहिलाे अनुभव गर्न लागेकाे बताउछन् ।

पदयात्रामा जान लागेकाे उप्रेती र निराैला दुवै जनालाई विभिन्न संघ संस्था, व्यक्तिहरूले पदयात्राकाे शुभकामना व्यक्त गरे । पदयात्रा पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि भनिए पनि पर्यटन विकासहरूबाट वा अन्य संस्थाहरूकाे सहयाेगबाट नभइ निजि खर्चमा यात्रा हुन लागेकाे समेत बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु