adv

चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडान सहितकाे विकास गरिने

दमक, १८ मंसिर ।

झापाकाे एक मात्र विमानस्थल चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडान सहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने गुरू याेजना तयार भएकाे छ । योजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नतिका विमानस्थलका लागि एक सय बिघा जमिन थप गर्न अावश्यक रहेकाे जनाएकाे छ ।

चन्द्रगढी विमानस्थललार्इ अन्तराष्ट्रिय स्तरकाे स्तरोन्नतिका लागि मंगलबार झापाकाे विर्तामाेडमा छलफल भएकाे छ । छलफल कार्यक्रममा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चन्द्रगढी विमानस्थललाई सुविधा सम्पन्न बनाउनका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरे ।

अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जनाउँदै उहाँले त्यसमा यो पनि परेको उहाँले जानकारी दिनुभयो । जग्गा अधिग्रहणलगायतका विषयमा भएका समस्या हल गरेर सबै यसमा लाग्नु पर्छ, उहाँले भन्नुभयो । विमानस्थलको स्तरोन्नति र विकासले यस क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै यसको विरोध एवं असहयोग नगर्न उहाँको आग्रह थियो ।

मन्त्री भट्टराईले आगामी दस वर्षभित्रमा नेपालको नागरिक उड्डयन क्षेत्र विश्वस्तरीय बन्ने दाबी पनि गर्नुभयो । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति र विकासका लागि जग्गा व्यवस्थापन सबैभन्दा महìवपूर्ण पाटो भएको बताउनुभयो । उहाँले गुरुयोजनाअनुसार काम गर्न जग्गा अधिग्रहणको काम चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । झापा कारागार, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालयहरू रहेको स्थान विमानस्थलका लागि आवश्यक
हुने उहाँले जनाउनुभयो ।

यसअघि नेपाली सेनाको ब्यारेकसमेत हटाउन बारम्बार प्रयास हुँदै आएको छ । केही सरकारी महìवपूर्ण संरचनाहरू अहिले विमानस्थल विस्तारका लागि बाधक बन्न सक्ने भएकाले यसको व्यवस्थापन गर्न आवश्यक छ, पोखरेलले भन्नुभयो । अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन अहिलेको रन वे लाई बढाउने, नयाँ सुविधा सम्पन्न टर्मिनल भवन निर्माण, जहाज पार्किङस्थल विस्तार, विमानस्थल आवतजावत सहजताका लागि सडक निर्माणलगायतका काम गुरुयोजनामा समेटिएको सो अवसरमा जानकारी गराइएको थियो । यसका लागि चार अर्ब २० करोड रुपियाँ लागत लाग्ने गुरुयोजनामा उल्लेख छ ।

नागरिक उड्डयन प्राधिकरण चन्द्रगढीका प्रमुख पूर्ण चुडालका अनुसार यहाँबाट भारतको कलकत्ता, बङ्गालादेश र भुटानको उडान सम्भावाना छ । केही समयपछि नै चन्द्रगढी विमानस्थलबाट क्षेत्रीय उडान सुरु हुने र पोखरा उडानका लागि आवश्यक तयारी पूरा भएको उहाँको भनाइ थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु