adv

मेन्छ्यायेम माया

-अमित याक्थुङ्बा ‘मिहाङ’

मा…
…थि
डाँडामा केही छ‌ैन
र, त माया छ ।

*

उहिले उहिले
पनि झुन्ड मात्रै थियोे शून्यताकाे,
तागरेनिङ्वाफु युमामाङले पठाए
कारिन्दा बनाएर अादिदेवहरू
टाँगे चारै दिशामा जालाहरू,
अाए फेरि पाेराेक्मी याम्फामी
र, एक एक गर्दै चित्रकारले जसरी
सजाउँदै गए
अाकाशकाे च्यादर,
बिछ्याए धर्ती,
छरे ताराहरू,
टक्क अड्याए घाम
तब न सुहाएकाे हाे चित्र सृष्टिको !

*

मा…
…थि
डाँडाजस्तै नाङ्गै थियोे धर्ती ।

*
छुकछुक लागेर पाराेक्मीले
भिरेकाे सुनाखरी जाबेबाट
छर्दै गए दानाहरू
झार्दै गए अाँसुहरू
बल्ल न फुलेको हाे
सिस्नु र पाेथ्राहरू ।

*

उहिले उहिले पनि
अाजजस्तै पृथ्वी र विवेकमा
एकसाथ खडेरी लाग्दा
पाराेक्मी पुगे तिगेन्जाेङ्ना डाँडा
भेटाए
– बाँसकाे पातमा अाेत लाग्ने
– खुर्सानीकाे बाेटमा झटाराे हान्ने
– उन्यूकाे डाँठकाे दाउरा बाल्ने
खाम्बाेङ्वा लुङ्बाेङ्वाहरू !
र,
घाम, तारा र जूनलाई पञ्चभलादमी राखेर
बाेकेर अाए छेलाे हान्ने ढुङ्गाे
अनि न फुटेर अाकाशकाे घैँटाे
बर्सेकाे हाे पानी ।

*

मा…
…थि
डाँडा रित्तो लाग्छ
अाजभाेलि
तथापि शिरजत्तिकै प्याराे छ ।

*
खै किन हाे ?
सभ्यताको तान
बाेकेर उभिरहेकी
तरुनी डाँडा भएर पनि
केहीलाई
निर्जनलाग्दाे हाे
– मेन्छ्यायेम !

हाल, बेलायत ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु