काडमाण्डाै, २२ मंसिर ।

नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन जनवरी १ तारेख (अंग्रेजी नयाँ वर्ष) काे दिन नगर्ने भएकाे छ । अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन नगरी जनवरी ७ तारेखकाे दिन उद्घाटनको तयारी गरिएको छ ।अंग्रेजी नयाँ वर्षको पहिलो दिन कार्यक्रमको प्रभावकारीता कम हुने भएकाले यस्तो निर्णय गर्नु परेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
काठमाडौंको टुंडिखेलमा उद्घाटन कार्यक्रम तय गरिएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम समेत सारिएकाे छ । उद्घाटन कार्यक्रम काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ । सरकारले भिजिट नेपाल २०२०को उद्घाटन समारोहका लागि ४० देशका पर्यटन र विदेशमन्त्री, विभिन्न देशका राजदूत, कुटनीतिक निकायका प्रमुखलगायतलाई अतिथिको रुपमा निमन्त्रणा गरेको छ ।

