कमल, २४ मंसिर ।
साकेला उधौली २०७६ को अवसरमा कमल गाउँपालिका वडा नं. ४ स्थित अमलडाँगीमा साकेला सिलि प्रदर्शन तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । किरात राई यायोक्खा कमल गाउँपालिका वडा नं. ४ को आयोजनामा मंसिर २६ गते विविध साँस्कृतिक कार्यक्रमका बीच साकेला उधौली मनाउने तय गरिएको हो ।
कार्यक्रममा साकेला उधौली पुजा, साकेला सिलि प्रदर्शन, कविता वाचन, किरात साँस्कृतिक सामग्रीहरुको प्रदर्शन, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती साथै मौलिक किराती खानपानको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रम अमलडाँगी चोकमा बिहानको ठिक १० बजे देखी हुने जनाएको छ ।


