कमल, १० पुष ।
झापाको कमल गाउँपालिका–५ स्थित गुह्येश्वरी टोलमा गएराति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ । स्थानिय विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल र मोहमद मुसिलको घरमा हात्तीको माउसहित छावा हात्तीले उपद्रो मच्चाउदा क्षति पुर्याएको हो ।
हात्तीको उपद्रोबाट खनालद्वयको घरमा सामान्य क्षति पुर्याइएको थियो भने मोहमदको भने घरको बार भत्काउनुका साथै धानसमेत खाएर क्षति पुर्याएको नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाका सचिव पारसमणी राईले बताए ।
हात्ती नजिकैको रतुवा माई वृक्षरोपण आयोजना क्षेत्रको जङ्गलबाट आएको र रातभरी टोलवासी आतङ्कित भएका थिए । प्रहरीसहित स्थानीयको सहयोगमा हात्तीलाई रातिनै जङ्गलतर्फ धपाइएको थियो ।


