adv

विविध कार्यक्रमका साथ बेलबारीमा तमु ल्होसार भव्य मनाइयाे

बेलबारी ,१५ पुस ।

बेलबारीमा गुरुङ समुदायले मुसा वर्षलाई स्वागत गरेर मृग वर्षको बिदाइ गर्दै तमु ल्होसार भव्यताको साथ मनाएका छन् । तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारीले मङ्गलवार बेलबारी वाड नं. ११ स्थित नमोस् बुद्धीष्ट गुम्बामा तमु ल्होसार मनाएका हुन । कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा दीप प्रज्वलन गरेर भएको थियो ।

नगर प्रमुख सुवेदीले कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न जातजातिको भाषा, कलासंस्कार संस्कृतिको स्थायित्व हुने गरी संरक्षण गर्नु पर्ने बताएका छन् । स्थायित्व बनाउन विद्यालयको पाठ्यपुस्तकमा भाषा, कलासंस्कार संस्कृति बारे प्रवेश गराउने प्रमुख सुवेदीले बताएका छन् । ल्होसारको अवसरमा तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारीले विभिन्न खेलहरूको आयोजना गरेका थिए । आइतबारदेखि भलिबल खेल सुरु भएको थियो भने सोमबार हाजिरजवाफ सम्पन्न भएको थियो ।

आज भने भलिबलको फाइनल खेल, छेलो खेल, म्याजिक चियर खेल सम्पन्न भएको छ । वाड स्तरीय भलिबल खेलको विजेता वाड नं. ३ र उपविजेता वाड नं. ११ भएको छ । भलिबल खेलको विजेता टिमले रु.१५ हजार नगद पुरस्कार सहित, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु.७ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । भलिबल खेलमा ८ टिमको सहभागिता रहेको थियो ।

छेलो खेलमा भने २० भन्दा बढी सहभागी खेलाडीहरूलाई पछि पार्दै वाड नं. ८ का गणेश गुरुङ विजयी भएका छन् । आजको दिन, छेलो विजेतालाई वर्ष भरीको राजाको रूपमा घोषणा गर्ने गुरुङहरूको परम्परा अनुसार गणेशलाई राजाको रूपमा घोषणा गरिएको तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारीका अध्यक्ष रन्जित गुरुङले जनाएका छन् । म्याजिक चियरका विजेता वडा न. २ का सङ्गीता गुरुङ भएकी छन् ।

कार्यक्रममा तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय सदस्य केशरमान गुरुङ, मोरङ जिल्ला अध्यक्ष मनकुमार गुरुङ, समाजसेवी डी.पी राई, वडा अध्यक्षहरू, गुरुङ सङ्गठनका मोरङ सचिव कृष्ण गुरुङ, आदिवासी जनजाति नगर समन्वय परिषद्, बेलवारीका अध्यक्ष तिलक प्रसाद राई साथै जातीय संस्थाका प्रतिनिधिहरू लगायतको रहेको थियो । कार्यक्रम तमु द्दयुल छोंज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारीको अध्यक्ष रन्जीत गुरुङको अध्यक्षता भएको हो भने सचिव कमल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु