adv

बालबालिकाको विकासले मात्र समग्र विकास हुन्छ : अध्यक्ष बराल

भूमिका सुब्बा, इलाम ८ माघ ।

बालबालिकाको बिकासका लागि नीतिगत योजनाको आवश्यक रहेको जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालले बताए । मानव अधिकार मञ्च नेपालको आयोजनामा बालबालिकाको सवाल तथा कानुन र रणनीतिक योजना सम्बन्धि पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा बोल्दै, बालबालिकाको विकासको बारेमा समेत सरकारले काम गर्नु पर्नेमा जोड दिए ।

स्थानिय तहहरुले बालबालिकाको विकासका लागि काम गर्न खोजेपनि प्राविधिक समस्याले प्रभावकारी हुन नसकेको बताउँदै प्राविधिक जनशक्तिको सहयोग लिएर काम गर्नु आग्रह समेत गरे । प्रमुख बरालले बालकालिकाको क्षेत्रमा सरोकारवालाले समेत ध्यान दिनुपर्ने बताउँदै उनले भने ‘बालबालिकाको विकासले मात्र समग्र विकास हुन्छ ।’

मावन अधिकार मञ्च नेपालका अध्यक्ष मोहनसिंह थेबेले रणनीतिक योजना अनुसार काम गर्न सके मात्र अपेक्षित उपलब्धी हुने बताए । उनले बालबालिकाको क्षेत्रमा विभिन्न काम भइरेहपनि अपेक्षित उपलब्धी हुन नसकेको महशुस गर्दै बालबालिकाको क्षेत्रमा काम गरे मात्र समग्र विकास हुने विश्वास व्यक्त गरे ।

बालबालिकाको क्षेत्रमा भए गरिएका कामलाई प्रभावकारी बनाउँनु पर्ने मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले बालबालिकाको कामको क्षेत्रमा एक रूपता भए काम गर्न सजिलो हुने विश्वास व्यक्त गरे । उनले भएका नीतिगत व्यवस्थालाई टेकेर अझै व्यवस्थित गर्न सकिने सम्भावनाको खोजि गरेर बालबालिकाको विकास र संरक्षणको काम गर्न सरकारलाई आग्रह गरे ।

मञ्चका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल कल्याण केन्द्रीय बाल कल्याण समितिको पूर्व कार्यकारी निर्देशक तारक धिताल, सुमन अधिकारी, बीरबहादुर खड्का, योगराज सापकोटाले सहजिकरण गरेको कार्यक्रम संयोजक रूद्र थेबेले जानकारी गराए ।

एक नम्बर प्रदेशको सबै जिल्लाका सहभागी रहेको तालिममा बालबालिकाको राष्ट्रिय अन्तराष्ट्रिय नीतिगत व्यवस्था, बालबालिकामा लगानीको औचित्य, संघीय, प्रदेश र स्थानीय सरकारसँगै संघसंस्थाको भूमिका, स्थानीय तहमा बालबालिका सम्बन्धि ऐन, कार्यविधी, रणनीतिक योजनाको विषयमा स्थानीय सरकारलाई सहयोग गर्ने परियोजनाको क्षेत्रीय संयोजक इश्वर लुङ्गेली मगरले जानकारी जनाए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु