adv

सहयोग र उद्धारको पखाईमा दृष्ट्रिविहीन दिदी-बहिनी

माेरङ, २४ पुष ।

सामाजिक सञ्जाल मार्फत पछिल्लो समय खुबै चर्चामा छाइरहेको छ’–मोरङ केराबारी–२ सिंहदेबी फाङदुवाका अवोध साना साना नानीहरुको तस्विर । यी बालिकाको तीनवटा तस्बिर लेटाङकी समाजसेवी शान्ति पाख्रिनले बुधबार फेसबुकमा राखेकी हुन् ।

पुस महिनाको कठ्याङग्रिदो जाडोमा न जिउ ढाक्ने न्यानो कपडा छ, न पेटभरि खाना । एकसरो पातलो लुगाको भरमा यी दुई बालिका त्यसैत्यसै भौतारिरहेकी छन् । यी बालिका मोरङ जिल्लास्थित केराबारी गाउँपालिका वडा नं २ सिंहदेवी फाङदुवाका हुन् । उनीहरु दुवैले राम्ररी आँखा देख्दैनन् । उनीहरु दिदीबहिनी हुन् ।

उनीहरुको बाबाको दुई वर्षअघि मात्र मृत्यु भएको थियो । उनीहरुको आमा समेत दृष्टिविहीन छन् । यी बालिकाकी दिदी पनि अपांग छिन् । यी बालिकाको तस्बिर लेटाङकी शान्ति पाख्रिनले बुधबार फेसबुकमा राखेकी हुन् । उनले बालिकाको बारेमा अन्य धेरै कुरा खुलाएकी छैनन् । तर, गरिबीको चपेटामा परिरहेकी मनै कुडाउँने यी अपांग बालिकाको उद्दार गर्न सके केही हुने थियो कि भन्दै पाख्रिनले आग्रह गरेकी छन् ।

उनले बालिकाको तस्बिर पोस्ट गरेपछि सयौं फेसबुक प्रयोगकर्ताहरुले कमेन्ट र सेयर गरिरहेका छन् । मोरङ उर्लाबारीका पत्रकार सरोज बस्नेत र उर्लाबारीमा सामाजीक तथा शिक्षा क्षेत्रमा क्रियाशिल दमक निवासी दिपक न्यौपाने लगायतले बालिका र उनको परिवारलाई सहयोग जुटाउने काम सुरु गरेका छन् ।

बस्नेतले आफ्नो फेसबुकमा विभिन्न व्यक्तिहरुबाट गरी २७ हजार रुपैयाँ सहयोग संकलन भएको उल्लेख गरेका छन् भने शनिबार बालिकाहरुको उपचारको लागि पहल गर्ने बताएका छन् ।

साभारः हाम्राे सराेकार

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु