adv

राँके-रबि-भेडेटार सडकको काम सुस्त भएपछि मन्त्री नेम्वाङले गरे अनुगमन

पाँचथर ।

राँके-रबि-भेडेटार सडकको काम सुस्त भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले निर्माणधिन आयोजनाको स्थलगत अनुगमन गरेका छन्।

ठेक्केदार कम्पनीले १० महिना अघि देखि कामको थालनी गरे तापनि लक्ष्य अनुसारको प्रगति नदेखिए पछि मन्त्री नेम्वाङ अनुगमनको लागि शुक्रबार राँके देखि स्थलगत अनुगमनमा खटिएका छन्।अनुगमनमा मन्त्रालयका सचिव देवेन्द्र कार्की,सडक विभागका महानिर्देशक केशवकुमार शर्माका साथमा छिमेकी जिल्लाका संघीय तथा प्रदेश सांसदहरुको समेत सहभागीता रहेकोे छ।

निर्माणाधिन राँके-रबि-भेडेटार सडक

उनले आयोजनाका इन्जिनियर र ठेकेदार कम्पनीका प्रतिनिधिसँग पनि काममा ढिलाइ भएको बारे फिल्डमा छलफल गरेका छन् ।जनप्रतिनिधि,ठेकेदार,स्थानीयबासी र सरोकारवालासँग छलफल गर्दै समयमै काम सक्ने वातावरण बनाउन सरोकारवालालाई निर्देशन पनि दिएका छन्

नेपाल सरकारको १३ प्रतिशत र भारत सरकारको ८७ प्रतिशत लगानीमा ५० प्रतिशत सामाग्री भारतको प्रयोग गर्ने गरि न्युनतम व्याजदरमा भारतीय एक्जिम बैंकको ऋण सहयोगमा ३ अर्ब ६५ करोडमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । भारतीय कम्पनी एप्कोले निर्माणको जिम्मा लिएको छ ।

तीन दशक अघि सुचारु भएको सडकलाई कालोपत्र गर्न गत वर्ष प्रधानमन्त्री ओलीद्वारा शिलान्यास गरिएको थियो। सात मिटर फराकिलो बन्ने यो सडक तीन वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का भएको छ।

१०१ किलोमिटर लामो पहाडी क्षेत्रको नमूना रूपमा बन्ने यस सडकमा कुनै पनि नदिनाला नपर्ने भएकोले कठिन समस्य नहुने बताउँदै आवश्यक संरचना हटाउन सम्बन्धित पक्षसंग समन्वय गरि तत्काल कालोपत्रेको कार्य अघि बढाउन निर्देशन दिएका छन्। हाल यस आयोजनाको काम ग्रेड कटिङ्ग,व्याक कटिङ्ग,स्टक्चर निर्माण लगायतको काम भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु