adv

पवित्रहाङमा कपकाे उपाधि माङसेबुङलाई

माङसेबुङ । 

इलामको माङसेबुङमा जारी १० औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधि एपीएफसी माङसेबुङले जितेको छ । लेटाङ फुटबल क्लब माेरङसँग भएकाे खेलमा १–० काे नतिजा निकाल्दै माङसेबुङले उपाधि अाफ्नाे पाेल्टामा पारेकाे हाे ।

खेलको चाैथाे मिनेटमा एपिएफसी माङसेबुङका रिमा तामाङले गाेल गर्दै टिमलाई अग्रता दिलाएकि थिइन् । खेल अवधिमा पाएकाे अवसरलाइ दुवै टिमले सदुपयाेग गर्न नसक्दा रिमा तामाङकाे गाेल नै निर्णायक गाेल बनेकाे हाे ।

जितसँगै एपिएफसी माङसेबुङले नगद १ लाख १ सय ६४ रुपैयाँ  सहित  मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे भने उपविजेतामा चित्त बुझाएकाे लेटाङ फुटबल क्लब माेरङले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

एपीएफसी माङसेबुङले सेमि फाइनल खेलमा चुलाचुली गाउपालिका खेलकुद समितिसँग फराकिलाे नतिजा निकाल्दै फाइनल प्रवेश गरेकाे थियाे भनेर लेटाङ फुटबल क्लब माेरङले माउण्ट एभरेष्ट स्पाेर्टीङ क्लब सुनसरीलाइ पराजित गर्दै फाइनल खेलकाे यात्रा तय गरेकाे थियाे ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गज्मेरको हस्तबाहुलीमा वितरण हुने आयोजकले जनाएको छ
पवित्रहाङमा १० औं कपको प्रतियोगिता माघ २३ गतेबाट संचालन भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु