तेह्रथुम, ८ फागुन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १ को विस्तारित बैठकको उद्घाटन समारोह सम्पन्न भएको छ । छथर गाउँपालिका स्थित गाउँकार्यपालिकाको भवनमा सुरु भएको बैठकको उद्घाटन समारोहमा छथर गाउँपालिकाका पर्यटकीय स्थलहरुकाबारेमा अन्तरक्रिया कार्यक्रम सहित उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

बैठककाे उद्घाटन समाराेहमा छथर गाउँपालिकामा उपस्थित अतिथि तथा सम्पूर्ण जिल्ला प्रतिनिधिहरूलाइ गाउँपालिका उपाध्यक्षा तारा खरेल ढकालले खादा अाेडाएर स्वागत गरेकी थिइन् । साथै विभिन्न माैलिक तथा राष्ट्रभावना सहितकाे साँँस्कृतिक कार्यक्रमकाे समेत प्रस्तुत गरिएकाे थियाे ।
१ नम्बर प्रदेशका १४ जिल्लाका फोनिज प्रतिनिधिहरुको उपस्थितिमा सुरु भएको फोनिज प्रदेशको विस्तारित बैठकले पेशागत विषयसँगै विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गर्ने फोनिज प्रदेश १ का महासचिव विदुर खवासले बताए । बैठक पश्चात छथर गाउँपालिका भित्रका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा चर्चा गरिएको छ । भोलि ९ गते शुक्रबार उक्त पर्यटकीय क्षेत्रहरुको गाउँपालिका अध्यक्षको नेतृत्वमा सम्पूर्ण फोनिज प्रनिधिहरुले स्थलगत अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।
फोनिज प्रदेश १ का अध्यक्ष अर्जुन जम्नेलीको अध्यक्षतामा तथा छथर गाउँपालिका अध्यक्ष सन्तवीर (सन्तोष) तिगेलाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा फोनिज संघीय सचिव द्वय मिलन लिम्बु, कमन देवान, फोनिज संघीय सल्लाहकार सञ्जय सन्तोषि राई, फोनिज प्रदेश सल्लाहकार जनकऋषि राई, छथर गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकाल, विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरु, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, विभिन्न जिल्लाका प्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
बैठक उद्घाटन समाराेह कार्यक्रममा फाेनिज प्रदेश १ का महासचिव विदुर खवासले सञ्चालन गरेकाे थियाे भने स्वागत मन्तव्य उपाध्यक्ष भूमिका सुब्बाले गरेकि थिइन् ।

