adv

किरात संग्रहालय निर्माणका लागि राई परिवारले गरे जग्गा दान

९ फाल्गुन ।

इलामको चुलाचुली गाउँपालिका वडा न. ५ मा किरात सांस्कृतिक संग्रहालय निर्माणका लागि स्थानिय राई परिवारले करिव अढाई कठ जमिन दान गरेका छन् । चुलाचुली वडा न. ५ बरबोटे टोल निवासी स्थानिय श्रीबहादुर याङ्मा राईले आफुले चासभोग गर्दे गरेको करिव अढाई कठठ जमिन संग्राहलय निर्माणका लागि भन्दै निःशुल्क रुपमा उपलब्ध गराउनुभएको हो ।

स्थानिय टोल विकाश समितीका अध्यक्ष कमिक राई, किरात सांस्कृतिक संग्राहलय निर्माण तदर्थ समितीका अध्यक्ष निशेष राई, सामाजिक अगुवा नविन कुमार राई, स्थानिय गणेश राई, रुपेन राई, फुलबहादुर राई, शान्तिराज राई, धनमाया लकान्द्रि लगायतको उपस्थितीमा श्रीबहादुर याङ्मा राई लगायत उहाँको परिवारले हस्तलिखित काचोँ काजगमा सहिछाप गर्दे औपचारीक रुपमा उल्लेखीत जमिन संग्राहलयका लागि दान गर्नुभएको हो ।

हराउदै गएको किरात कालिन सभ्यता तथा मैलिक वस्तुहरुलाई नयाँ पुस्ता सामु संरक्षण गरेर देखाउनका लागि संग्राहलय आवश्यक रहेको जग्गादाता श्रीबहादुर याङ्मा राईले बताउनुभयो । आफ्नो भाषा, धर्म र संस्कृती संरक्षणका लागि आफ्नो परिवारको तर्फबाट सहयोग गर्न पाउदा खुसि लागेको जग्गादाताका श्रीमती बडमस्वरी याङ्मा राईले प्रतिकृया दिनुभयो ।

किरात सांस्कृतिक संग्राहलय निर्माण तदर्थ समितीका अध्यक्ष निशेष राईका अनुसार संग्राहलय निर्माणका लागि अब चाडै प्रकृया अगाडी बढाईने छ । हराउदै गएको किरात कालिन सभ्यतालाई संरक्षण गर्नका लागि संग्राहलय निर्माणको योजना अघि सारिएको उहाँले बताउनुभयो । अब चाडै सम्वन्धि निकाय तथा सयोगी संस्था तथा सहयोगी ब्यक्तिहरु संग समन्वय गरेर संग्राहलय निर्माणको प्रकृया थालिने उहाँले बताउनुभयो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु