
इलाम ।
इलामस्थित फाकफोकथुम गाउँपालिका ५ साविक लुम्दे गाविस वडा नं. २ कैजलेमा एकै दम्पतीको रहस्यमय मृत्यु भएको अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा धन बहादुर खपाङ्गी र रिता खपाङ्गी रहेका छन् ।
घटनाबारे अनुसन्धाको लागि जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगिसकेको इलाम मंगलबारेका असई भानु शाहले जानकारी दिएका छन्। घटनाबारे केहिबेरमा थप विवरण आउने शाहले बताएका छन्।

