काठमाडौं ।
लोकप्रिय हाँस्यकलाकार तक्मेबुढा उर्फ विल्सनबिक्रम राई र मेलिना राईको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ। दिपक शर्माकाे संगीत तथा विल्सन बिक्रम राईको शब्द रचना रहेकाे ‘सेल्फी खिचम्ला ए माया’ बाेलकाे गीत शनिबार दिउँसाे सार्वजानिक भएकाे हाे ।
गीतकाे भिडियाेमा बुद्धि तामाङ, विल्सनबिक्रम राई, रजनी गुरुङ मंगली र मेलिना राई स्वयम्लाई देख्न सकिन्छ। विल्सनबिक्रम राईले नै निर्देशन गरेको भिडियो तक्मेबुडा डटकम नामको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।
भिडियाे हेर्न तलकाे लिङ्कमा जानुहाेस् ।

