adv

अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईकाे अवस्था सामान्य

काठमाण्डाै । 

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्वस्थ भइ हृदय रोग केन्द्र गङ्गालालमा राति ८ बजे आफ्नो स्वास्थोपचारका लागि अचानक भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई अस्पताल भर्ना भएका थिए ।  उनको स्वास्थ्य रिपोर्ट सामान्य रहेको विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

‘‪ब्याक पेन’ भएर राती ८ बजेतिर अस्पताल भर्ना हुनुभएको हो । चिकित्सकको सल्लाहमा राती उहाँ अस्पतालमै रहनुभयो,’ पाण्डेले सो सम्बन्धमा जानकारी दिँदै लेखेका छन्, ‘परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकोले केही प्रक्रिया पूरा गरेपछि उहाँ आजै डिस्चार्ज हुनुहुनेछ ।‬

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु