adv

मेचीनगर नगरभित्र दुई स्थानमा क्वारेन्टाइनको तयारी

भूमिका सुब्बा, मेचीनगर, ६ चैत्र ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि राेकथामका लागि मेचीनगर नगरपालिकाले नगरभित्र दुई स्थानमा काेरेन्टाइनकाे तयारी गरेकाे छ ।  नगरका दुई अलग अलग स्थानमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि ७० शैय्याको क्वारेन्टाईनको तयारीको व्यवस्था गरिएकाे हाे ।

पूर्वीनाकाबाट यसको संक्रमण रोक्न हालसम्म नगरपालिकाको तर्फबाट भए गरेका कार्यहरु सार्वजनिक गर्न विहीबार पत्रकार सम्मेलनकाे  आयाेजना गरिएकाे हाे । साेहि अवसरमा नगर प्रमुख विमल आचार्यले मेचीनगरका २ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने बताएका हुन्।

साथै उनले मेचीनगर ७ स्थीत माइती नेपालको भवनमा २० देखि २२ जना र मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य केन्द्रको नयाँ भवनमा ५० जना गरी ७० शैय्याको क्वारेन्टाईन भोली देखि सञ्चालनमा ल्याउने जानकारी दिए। नगरप्रमुख आचार्यका अनुसार नगरपालिकाले ५० लाखको कोरोना बिपदकोष स्थापना गरिएको आवश्यकता अनुसार थप रकम छुट्याउने समेत बताए ।

त्यसैगरी कोरोनाका संक्रमितहरुको उपचारको लागि धुलाबारीमा रहेको स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड राख्ने तयारी भईरहेको पत्रकार सम्मेलनमा उपप्रमुखले मिना उप्रेतीले बताइन । पुर्वी नाकालाई ब्यवस्थीत गर्न सबैको सहयोग रहेको यात्रुलाई नाकामा तापक्रम नापेर मात्र नेपाल प्रवेश गराइएको र भोलीबाट सावरी साधनलाई समेत चेक गरेर प्रवेश गर्न दिने ब्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका प्रमुख डिएपी राजेन्द्र पोखरेलले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु