adv

देउकृष्ण देवानको कोरियोग्राफीमा ‘बित्ला है जोवन’ (भिडियाे सहित)

दमक ।

कलाकार तथा निर्देशक देउकृष्ण लिङ्खा देवानको कोरियोग्राफीमा ‘बित्ला है जोवन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक खगेन्द्र याक्साे र गायीका आभा मुकारूङकाे स्वरमा रहेकाे गीतमा सुबि राईकाे शब्द संगीत रहेकाे छ ।

गीतकाे भिडियाेमा आशा चाेङबाङयाक्क लिम्बु र याेगेन्द्र राईकाे मुख्य भुमिकामा छन् भने बुद्धवीर चाेङबाङयाक्क, चन्द्रा फागाे चाेङबाङ, टिआ सेनेहाङ, देबेन्द्र लिम्बु, विक्की मगर, सिता तुम्बाहाम्फे र अमृता लिम्बुले सहायक भुमिकामा देखिएका छन् ।

खगेन्द्र याक्साेकाे निर्देशन हरेकाे बित्ला है जाेवन गीतकाे म्युजिक भिडियाेकाे छाँयाकन सिरकुमार साम्पाङले गरेका हुन । तेह्रथुमका विभिन्न पर्यटकीय क्षेत्रहरूमा भिडियाेकाे छाँयाकन गरिएकाे छ । भिडियाे युमा आर्ट युट्युव च्यानलबाट आज शुक्रबार सार्वजनिक गरिएकाे हाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु